विद्यार्थीलाई सहकारी शिक्षा

0
1383

बिर्तामोड।

बिद्यालयस्तरबाटै विद्यार्थीलाई सहकारी शिक्षा प्रदान गर्ने उद्देश्यले झापामा रहेका माध्यमिक तहका विद्यार्थीहरुबीच सहकारी सम्वाद कार्यक्रम सञ्चालन गरिएको छ ।

शिक्षक हित बचत तथा ऋण सहकारी संस्थाले जिल्लामै पहिलो पटक यस्तो कार्यक्रमको आयोजना गरेको हो । कनकाई नगरपालिकास्थित हिमाली आधारभूत विद्यालयमा आयोजित कार्यक्रमको उद्घाटन राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले गरेका थिए । पहिलो चरणमा प्रत्येक स्थानीय तहमा सहकारी संवाद कार्यक्रम गरिएको र उत्कृष्टलाई फाइनल चरणमा सहभागी गराइएको सहकारीका अध्यक्ष नारायणप्रसाद गौतमले जानकारी दिए ।

राज्यले समेत सहकारी क्षेत्रलाई अर्थतन्त्रको दर्बिलो खम्बाको रुपमा हेरेको र सहकारी शिक्षा विद्यार्थीमा हुन जरुरी रहेको भन्दै जिल्लामा पहिलोपटक कार्यक्रम आयोजना गरिएको अध्यक्ष गौतमले बताए । हिमाली आधारभूत विद्यालयका प्रधानाध्यापक केशव ओझाले यसखाले कार्यक्रमले विद्यार्थीको क्षमताको विकासमा सहयोग पुग्ने बताए ।

सहकारीका उपाध्यक्ष हरिप्रसाद न्यौपानेका अनुसार कार्यक्रममा सहभागी भएकामध्ये उत्कृष्ट विद्यार्थीलाई नगदसहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रममा १३ वटा स्थानीय तहका विद्यार्थीले सहकारी संवाद कार्यक्रममा भाग लिएका थिए । कार्यक्रमको औचित्यका बारेमा दीपक न्यौपानेले जानकारी दिएका थिए ।

त्यस्तै झापा जिल्ला सहकारी संघका उपाध्यक्ष गीता कुँवर, सल्लाहकार भाष्कर घिमिरे र हिमाली आधारभूत विद्यालयका शिक्षक माधव घिमिरेले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

कार्यक्रममा लक्ष्मीप्रसाद देवकोटा माध्यमिक विद्यालयका विद्यार्थी मुना गौतम र प्रतिक्षा कार्की प्रथम, मोती माध्यमिक विद्यालय गौरादहका विद्यार्थीद्वय नवीन तिम्सिना र किरण कार्की द्वितीय भएका थिए ।

त्यस्तै पुहाँतुज्योति माध्यमिक विद्यालयका विद्यार्थी नेहा खड्का र जानुका कार्की तृतीय भएका थिए भने बुद्ध आदर्श मावि बुधवारेका विद्यार्थीद्वय सञ्जोग दाहाल र नारायणप्रसाद रिजाल सान्त्वना भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here