‘भ्रष्टाचारीहरु दक्ष भए, सेटिङ मौलायो’

0
596

झापा।

बालुवाटर (ललिता निवास) जग्गा प्रकरणले पछिल्लो समय नेपालको राजनीति तरंगीत बनेको छ । सो प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अख्तियारको यो कदमले पछिल्लो समय राष्ट्रिय राजनीति नै तरंगीत भएको छ । यसलाई अख्तियारको सकरात्मक शुरुवातका रुपमा लिन्छन् । लामो समयदेखि भ्रष्टाचारविरुद्धको अभियानमा सक्रिय गोगो फाउन्डेशनका कार्यकारी निर्देशक केदार खड्का । दुई दशकदेखि विवादमा रहेको सो प्रकरण अहिले सतहमा आएको उल्लेख गर्दै उनले पहिले थन्काइए पनि अहिलेको अख्तियार नेतृत्वले उत्खनन् गरेको बताए । अख्तियारले ‘आँट गरेको’ उनको बुझाइ छ ।

बालुवाटार जग्गा प्रकरणमा राजनीतिकरण भएको भन्दै उनले विवादलाई त्यसैको परिणामको रुपमा अथ्र्याए । पर्नुपर्ने मान्छे नपरेको र नपर्नुपर्ने मान्छे परेकाले विवाद उत्पन्न भएको उनले बताए । ‘हाइप्रोफाइलहरु पहिले पनि परेको त हो तर यत्रो संख्यामा थिएन’ –खड्काले भने– ‘त्यसको साथै प्रतिपक्षलाई दबाउने र तेजोवोध गर्ने हिसाबले कारबाही गर्नु हुँदैन । जसमा गुनासो पनि आइरहेको छ ।’

अख्तियारको अनुसन्धान प्रक्रियामा सुधार आएको देखिए पनि अझै पनि शंका कायमै रहेको उनको टिप्पणी छ । ‘अख्तियारको अनुसन्धानमा सुधार आएको छ । गुणस्तरीय अनुसन्धान सुरु भएको मैले महशुस गरेको छु’ –खड्काले भने– ‘शंका अझै पनि छ । विगतमा अधिकांश मुद्दाहरु अख्तियारले हार्ने गरेको छ । आशा गरौ यो मुद्दा हार्ने छैन ।’

यो प्रकरणमा दशी प्रमाणहरु प्रशस्त भएको, दस्तावेजीकरण, मिडिया कभरेज तथा राजनीतिक प्रतिवद्धता पर्याप्त देखिएको भन्दै खड्काले निरन्तर खबरदारीको आवश्यकता औंल्याए । ‘नेपालमा भ्रष्टाचार कारवाहीको सवालमा त्यति राम्रो विगत छैन । धेरै मुद्दाहरु विलिन भएका छन्’ –उनले भने– ‘यो घटना उदाहरण बन्न सक्छ ।’

‘भ्रष्टाचारीहरु दक्ष भए’

खड्काका अनुसार भ्रष्टाचारीहरुले अनेक चालबाजी अपनाउँदै आएका छन् । ‘नेपालमा पछिल्लो समय भ्रष्टचारीहरु अझ दक्ष भएका छन् । सेटिङको भ्रष्टाचार मौलाएको छ, जुन भयानक हो’ –खड्काले भने– ‘सबैले बाँडेर खान्छन् । जसले भ्रष्टचारको घटना विलिन हुन्छन् ।

ढोकाबाट सुचना बाहिर जान्न । भोल्युम पनि ठूलो हुन्छ ।’ सेटिङका कारण भ्रष्टाचारहरु बाहिर आउन छाडेको उनको बुझाई छ । सेटिङको भ्रष्टाचार डरलाग्दो अवस्थामा पुगेको उल्लेख गर्दै खड्काले यसले अन्य सामाजिक अपराध समेत निम्त्याउने भन्दै चिन्ता व्यक्त गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here