सवारी दुर्घटनामा नायिका महिमा सिलवाल र उनकाे बहिनीको मृत्यु

१ फाल्गुन २०७६, बिहीबार मा प्रकाशित

काठमाडौँ ।

सवारी दुर्घटनामा परि नायिका महिमा सिलवालको मृत्यु भएको छ । लु २ ख १३५ नम्बरको बसले बुधबार साँझ नायिका सिलवाल ९८ प ७०५८ नम्बरको सवार स्कुटरलाई विपरित दिशाबाट आइरहेको बसले ठक्कर दिँदा यनको मृत्यु भएको हो ।

उनको घटनास्थलमा नै मृत्यु भएको प्रहरी नायब निरीक्षक जनक बस्नेतले जानकारी दिए । बस्नेतका अनुसार स्कुटरमा सिलवालसहित उनकी बहिनी सर्मिला सिलवाल पनि सवार थिइन् ।

महिमाको घटनास्थलमा नै मृत्यु भएको थियो भने सर्मिलाको उपचारको लागि काठमाडौँ ल्याउने क्रममा बाटोमा मृत्यु भएको बस्नेतले बताए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here