पुष्प सदन अङ्ग्रेजी विद्यालयको तेस्रो वार्षिकोत्सव सम्पन्न

१ फाल्गुन २०७६, बिहीबार मा प्रकाशित

अर्जुनधारा ।

झापाको अर्जुनधारा–९स्थित पुष्प सदन अङ्ग्रेजी विद्यालयको तेस्रो वार्षिकोत्सव बिहीबार सम्पन्न भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष केशव थापाको अध्यक्षता र प्याब्सनका केन्द्रीय सदस्य मोहन सुब्बाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत गुठियार यज्ञबहादुर थापाले गरेका थिए ।

त्यसैगरी कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मानित एवम् पुरस्कृत गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा वर्ष अभिभावकबाट मनकुमारी राई, दाताहरुतर्फ चन्द्र थापा, देवनारायण थापा, भीमबहादुर कुँवर, मनकुमार थापा, यामलाल बस्नेत, विष्णुमाया खत्री थापालगायत रहेका छन् ।

त्यस्तै वर्ष उत्कृष्ट विद्यार्थी कक्षा–३की छात्रा दिया पनेरु, वर्ष उत्कृष्ट विद्यार्थी छात्रतर्फ कक्षा–१का पेरीस थापा र छात्रातर्फ कक्षा–३की जोशिका थापा, अनुशासनतर्फ कक्षा–१की प्रमिषा थापा, सरसफाइतर्फ नर्सरीकी प्रशंसा राई, नियमिततर्फ कक्षा–१की डिना राई पुरस्कृत भएका छन् ।

सो कार्यक्रममा वार्षिकोत्सवको अवसरमा सञ्चालन भएको विभिन्न खेलकुद विधाका प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई मेडल र प्रमाण पत्र प्रदान गरिएको थियो ।

कार्यक्रममा नगर प्याब्सनका सल्लाहकार टिकाराम गौतम, अध्यक्ष रुद्रप्रसाद सिटौला, सचिव राजेशकुमार आचार्य, वल्र्ड भिजन इङ्लिस स्कूलका सेमन्त बराल, मोहन पौड्याली र नारदमणी नेपाललगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रमको सञ्चालन प्रधानाध्यापक भक्तबहादुर थापाले गरेका थिए । पुष्प सदन अङ्ग्रेजी विद्यालय शैक्षिक गुठीद्वारा सञ्चालित झापाकै पहिलो विद्यालय भएको दाबी गरिएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here