नव दुर्गा मन्दिर शिलन्यास

0
1005

 

बिर्तामोड, वाह्रदशी गाउँपालिका ७ डाँगीवारीमा रहेको नवदुर्गा मन्दिरको शिलन्यास गरिएको छ ।

सामुदायिक भवन सहित मन्दिर निर्माण गर्ने लक्ष्य सहित डाँगीवारी वासीले यस अघि श्रमद् भागवत सप्ताहव्यापी ज्ञान महायज्ञ आयोजना गरेका थिए । महायज्ञबाट सङ्कलित रकमले मन्दिर निर्माण गर्ने भन्दै विहीवार एक कार्यक्रमका बीच मन्दिरको शिलन्यास गरिएको हो । मन्दिरको शिलन्यास आचार्य पण्डित छन्दूराम भण्डारीले गरेका छन् ।

झण्डै एक करोड रुपैयाँको लागतमा मन्दिर निर्माण गरिने महायज्ञ मूल आयोजक समितिका अध्यक्ष देवेन्द्र चम्लगाईले बताएका छन् । महायज्ञबाट ५० लाख भन्दा बढी रकम सङ्कलन भएको बताइएको छ ।

वाह्रदशी गाउँपालिकाकै ऐतिहासिक मन्दिर भएकाले सहयोग जुटिरहेको बताइएको छ । मन्दिर निर्माणका लागि वडा कार्यालय र गाउँपालिकाले समेत सहयोग गरेको बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here