विर्तामोड प्रथम नगर विद्यालयस्तरीय खेलकुदमा सरकारी विद्यालयको बर्चस्व

१ फाल्गुन २०७६, बिहीबार मा प्रकाशित

झापा,
विर्तामोड नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा नगरभरिका विद्यालयहरुको सहभागितामा शुरु प्रथम नगर खेलकुद प्रतियोगितामा सरकारी विद्यालयहरुको बर्चस्व देखिएको छ ।


बुधबार तेस्रो दिनसम्मको खेल नतिजा अनुसार सरकारी बढी पदक सरकारी विद्यालयले जितेका छन् ।
प्याब्सन तथा एन प्याब्सन विर्तामोडको संयोजनमा स्थानीय डोमालाल राजवंशी रङ्गशाला, मेहेन्द्ररत्न मावि र ावोदय शिक्षा सदनको मैदानमा जारी प्रतियोगतामा बुधबारदेखि फुटबल खेल शुरु भएको छ भने भलिबललगायतका खेलका नतिजा सार्वजनिक भइसकेका छन् ।
भलिबल
डोमालाल रंगशालामा सम्पन्न पुरुषतर्फको भलिबलको उपाधि देवी माध्यमिक विद्यालयले जितेको छ । सेमीफाइनलमा कोहेडलाई पराजित गर्दै फाइनल प्रवेश गरेको देवी माविले पूर्वाञ्चल निदि स्कूललाई सेमीमा पाखा लगाएको कञ्चनजंघा उच्च माविलाई २५–२० र २५–२३ को सोझो सेटमा पराजित गर्दै उपाधि जितेको हो । छचत्रातर्फको फाइनल खेल विहीबार देबी मावि र सेन्ट जेवियर्स उच्च माविबीच हुने पुरुषतर्फको भलिबलका रेफ्री नविन रिजालले जानकारी दिए ।
क्रिकेट
११ वटा विद्यालय सहभागी क्रिकेट खेलको उपाधि महेन्द्ररत्न माविले हात पारेको छ । सीमित १० ओभरको खेलमा महेन्द्ररत्नले दर्गा माविलाई ९ विकेटले पराजित गरेको थियो । निर्धारित १० ओभरमा पहिलो व्याटिङ गर्दै दर्गा माविले बनाएको सामानय ३६ रनको लक्ष्य महेन्द्ररत्नले १ सवकेट क्षतिमा ४ ओभरमा पूरा गरेको विनित वाँस्तोलाले जानकारी दिए ।
कबड्डी
कबड्डीमा छात्रतर्फ दर्गा माविले बाजी मारेको छ । उसले महेन्द्ररत्न माविलाई ५०–३४ अंकका साथ पराजित गरेको हो । छात्रातर्फ भने महेन्द्रज्योतिले फाइनल जितेको छ । उसले दर्गा माविलाई ५५–२२ को अन्तरमा पराजित गरेको कबड्डीका प्राविधक संयोजक विजय सापकोटाले जानकारी दिए ।
एथलेटिक्स
एथलेटिक्सतर्फ पनि सबै विधाको नतिजा प्राप्त भएको छ । प्राप्त नतिजा अनुसार १०० मिटर दौडमा छात्रतर्फ देवी माविका विशाल हेमरम प्रथम, दुर्गा माविका सलमान मोहमद दोस्रो र उमीटी इङलिश सकूलका अभिषेक राय तेस्रो भ एभने छात्रातर्फ देवी माविकी लक्ष्मी दर्जी प्रथम, महेन्द्रज्योति माविकी कञ्चन अधिकारी दोस्रो र महेन्द्ररत्न माविकी सुस्मिता राजवंशी तेस्रो भइन् । २०० मिटर छात्रतर्फ दर्गा माविका सलमान खान प्रथम, देवी माविका अभिषेक धिमाल दोस्रो र महेन्द्ररत्न माविका मोहन टुडु तेस्रो भए भने छात्रातर्फ महेन्द्ररत्न माविकी सुनिता किस्कु प्रथम, देवी माविकी लक्ष्मी दर्जी दोस्रो र दुर्गा माविकी गंगा संग्रौला तेस्रो भइनर । ४०० मिटरमा छात्रतर्फ महेन्द्ररत्नका मोहन टुडु प्रथम, दुर्गा माविका अजय तामाङ दोस्रो र देवी माविका रोचक राई तेस्रो भए भने छात्रातर्फ महेन्द्ररत्नकी सुनिता किस्कु प्रथम, दुर्गा माविकी इन्दिरा अधिकारी दोस्रो र महेन्द्रज्योतिकी चन्द्रमा खवास तेस्रो भइन् । ८०० मिटरतर्फ दुर्गा माविका अजय तामाङ प्रथम, महेन्द्ररत्नका विष्णु महतो दोस्रो र महेन्द्रज्योतिका सुकदेव टुडु तेस्रो भ एभने छात्रातर्फ दर्गा माविकी गंगा संग्रौला प्रथम, महेन्द्रज्ज्योतिकी दिपा वाँस्कोटा दोस्रो र महेन्द्ररत्नकी निशा हेमरम तेस्रो भइन् । १५०० मिटरमा छात्रतर्फ दर्गा माविका करण पासवान प्रथम, महेन्द्रज्योतिका सुमन कार्की दोस्रो र महेन्द्ररत्नका पारस राजवंशी तेस्रो भ एभने छात्रातर्फ महेन्द्रज्योतिकिी इश्वरी लिम्बू प्रथम, दर्गाकी अस्मिता सार्की दोस्रो र महेन्द्ररत्नकी शान्तिकुमारी महतो तेस्रो भइन् ।
यसैगरी ४ गुणा १९९ मिटर रिलेमा छात्रतर्फ देवी मावि प्रथम, महेन्द्ररत्न दोस्रो र दर्गा मावि तेस्रो भए भने चात्रातर्फ महेन्द्ररत्न प्रथम, दर्गा मावि दोस्रो र देवी मावि तेस्रो भए । ४ गुणा ४०० मिटरमा छात्रतर्फ महेन्द्ररत्न प्रथम, दर्गा मावि दोस्रो र महेन्द्रज्योति तेस्रो भ एभने छात्रातर्फ महेन्द्रज्योति प्रथम, महेन्द्ररत्न दोस्रो र दर्गा मावि तेस्रो भए ।
यसैगरी एथलेटिक्सतर्फ हाईजम्प, लङजम्प, ट्रिपलजम्प, ज्याब्लिङ थ्रो र सटपुटको नतिजा पनि सार्वजनिक भइसकेको एथलेटिक्स संयोजक दिपक पोखरेलले जानकारी दिए ।
ब्याडमिन्टन
नवोदय शिक्षा सदनको मेदानमा सम्पन्न ब्याडमिन्टन खेलको छात्रतर्फको उपाधि बाल्मीकि एजुकेशन फाउण्डेशनका आयुष खरेलले जितेका छन् । सो खेलमा कनकाई आवासीय माविका यशराज शर्मा दोस्रो र नवोदय शिक्षा सदनका विजय शेर्पा तेस्रो भए । छात्रातर्फको उपाधि इडन गार्डन स्कूलकी नुमाफुङ काम्बाङले जितेकी छिन् । नवोदयकी निलिमा राई दोस्रो भइन् भने कन्काई स्कूलकी मनिता चिमरिया तेस्रो भइन् ।
चेस
बुधबार नै सम्पन्न चेस खेलमा पुरुषतफृ देवी माविका केशवकुमार राजवंशी प्रथम, नवोदयका निखिल गुरुङ दोस्रो र इडन गार्डनका चेतन संग्रौला तेस्रो भ एभने छात्रातफृ नवोदयकी निकिता गुरुङ प्रथम, फनमिन इङलिश सकूलकी मेनुका घिमिरे दोस्रो र कञ्चनजंघा एङलिश स्कूलकी लनिसा ढकाल तेस्रो भए ।
कराते÷तेक्वान्दो
प्रतियोगिता अन्तर्गत करोते विधातर्फको सबै नतिजा सार्वजनिक भइसकेका छन् भने तेक्वान्दो विधाको खेल बिहीबार महेन्द्ररत्न माविमा सम्पन्न हुने कराते प्रशिक्षक तथा आयोजक समितिका सदस्य दुर्गाराज निरौलाले जानकारी दिए ।
अन्य खेलमा सरकारी विद्यालयको बर्चस्व रहे पनि करोततर्फ संस्थागत विद्यालयले उत्कृष्ट नतिजा निकालेका छन् ।
सोमबार डोमालाल रंगशालामा १ नं प्रदेशसभा सदस्य एकराज कार्कीले उद्घाटन गरेको यो खेलकुद महोत्सव शुक्रबारसम्म सञ्चालन हुने आयोजक समितिका अध्यक्ष टिकाप्रसाद संग्रौलाले जानकारी दिएका छन् । सामुदायिक तथा संस्थागत गरी ४० वटा विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा ११ विधाका खेल समावेश गरिएको उपाध्यक्ष केशव भण्डारीले बताए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here