भ्यालेन्टाइन डे

२ फाल्गुन २०७६, शुक्रबार मा प्रकाशित

रबिकिरण बान्तावा,

प्रेम र माया दर्शाउन कुनै बिशेष दिन नै चाहिदैन तर ती गाँसिएका संबन्धहरुलाई अझ मजबुत बनाउन प्रणय दिवस जस्ता पर्वले अहम भुमिका निर्बाह गरिरहेको हुन्छ । माया रुपी गुरुत्वाकर्षणबलले कुनै पनि समय वा क्षणमा कसैलाई थाहै नदिइ बिशेष व्यत्तिलाई मन र मस्तिष्कमा टुप्लुक्क बसाउन पुग्छ । त्यहि मन र मस्तिष्कमा मायाको गुरुत्वाकर्षणले खसेर एउटा अनौठो उमंगरुपी तरंग पैदा गरी सलबलाई रहने सुन्दर आकृतिलाई आफ्नो बनाउने चाहना कसको हुदैन र ! सायद कति दिन र रात त्यहि मन मस्तिष्कमा सलबलाइ रहने आकृति र नामले तपाईलाई पनि त सताएको होला नि हैन ! अनि सम्झनुस त पहिलो पल्ट प्रेम प्रस्ताव राख्दै गर्दा तपाइको डराइ डराइ आएको आवज, अलि अलि बढदै गरेको श्वास, छिटो छिटो दौडिरहेको मुटुको धडकन र शरिरको तापक्रम ।

आधुनिक्ता संगसंगै आएको प्रबिदीको बिकासले प्रेम अविव्यक्ति गर्नमा केहि सहज भए पनि यसको सहि सदुपयोग नहुदा संबन्धहरुमा दरार पर्दै गएको देखिन्छ तर कुनै समय थियो प्रेमिप्रेमिकाले माया व्यक्त गर्न मनमा तैरिएका शब्दहरुलाई अक्षरमा रपान्तरित गरि चिठी लेख्ने । साथी वा हुलाक मार्फत आउने प्रेमिल चिठी खोलेर पढदा पत्रको माथि शिरानमा गरिएको सम्बोधनले मनमा मिठो तरंग नै पैदा गथ्र्यो । साहित्य संगसंगै लुकामारी खेल्दै दौडिएका मायालु अक्षरहरुले शरिरमा अनौठो उर्जा पैदा गरिरहेको आभाष दिन्थ्यो अनि अन्तमा लेखिएका मुक्तक वा सायरीले त नौलो दुनियामा नै सयर गराइरहेको हुन्थ्यो मानौ चिठीमा लेखिएका प्रेमभावहरुले तपाईको शरिरलाई आकाशमा उडाइरहेको छ । माघे मेला, बेशाखे पुर्णे मेला जस्ता पर्वहरु उबेला प्रेम संबन्धलाई पुर्ण ताजकी दिने औषधी बन्थ्यो अनि हाटबजार अहिलेको सपिङ महल र डेटिङ स्पोर्ट जस्तो । सायद त्यो समय अनि त्यो भन्दा पनि अगिको समयमा आत्मा अर्थात मनै देखि साचो प्रेम गरिन्थ्यो होला र त बियोगान्त प्रेम काहनी भए पनि आज राधाकृष्ण, मुनामदन, रोमियो जुलियट र हिर रान्झा अमर छ सदियौ देखि ।

दश बर्षे जनयुद्धको अन्त संगै नेपालमा आएको परिवर्तन अनि संञ्चार माध्यम मोबाइल र समाजिक सञ्जलसंगको बढदो निकटता साथमा एफ.एम. रेडियाकोे प्रचारबाजीले तेस्रो शताब्दीमा रोमको राजा क्लोडियसले फाँसी दिएको पादरी सेन्ट भ्यालेनटाइनको सम्झना स्वरुप मनाइने यो भ्यालेनटाइन दिवश सायदै नेपाली युवा माझ यति लोकप्रिय बन्ने थिएनन् होला । हुन त प्रेमको कुनै सिमाना र रंग हुदैन तर पनि हाम्रै संस्कार र संस्कृति भित्रको इतिहासहरुलाई पत्रपत्र गरेर अध्ययन गर्ने हो भने सेन्ट भ्यालेनटाइन जस्ता प्रेममा योगदान दिने प्रेरणादायी पात्राहरुलाई हामी हाम्रै भुमिमा भेट्न सक्छौ । शासक क्लोडियसले सैनिकहरुलाई प्रेम र बिबाह गर्न बर्जित गरेको थियो उक्त कानुनको बिरोधमा भ्यालेनटाइनले शैनिकहरुलाई प्रेम र बिबाह गर्न उक्साएको आरोपमा उसलाई जेल हालेर अन्तमा फासि दिएको ऐतिहासिक कथाहरु भिन्नि पत्रपत्रिकाको माध्यमबाट थाहा पाउन सक्छौ । जेल बस्दा भ्यालेनटाइन जेलरको दृष्टिबिहिन छोरीसंगको प्रेममा परेका थिए । जति नजिक फासीको दिनहरु आउदै जान्छ त्यति नै उनीहरुको प्रेम प्रगाढ बन्दै जादा केहि न केहि उपहारहरु सेन्ट भ्यालेनटाइनले आफ्नो मायालुलाई दिइनै रहन्थे र अन्तमा १४ फ्रेब्रेवरीको दिन आफ्नो मायालुलाई महत्वपुर्ण उपहार स्वरुप आँखा दान गर्दै फाँसिमा चढछ । यहि दिनको स्म्झना स्वरुप भ्यालेनटाइन डे मनाइदै आएको किम्बदन्ती पश्चिमा संस्कृतिमा भेटन सकिन्छ ।

बिदेशी एक सहिदको सम्झना स्वरुप भ्यालेनटाइनलाई प्रेमदिवशको रुपमा मनाइरहदा कता कता हाम्रै संस्कार र सस्कृति माथी धावा बोलिरहेको आभाष हुन्छ । हामीले हाम्रो संस्कार र संस्कृतिको गहिरो अध्ययन गर्नु पर्ने जरुरी देखिन्छ सतही अध्ययनले बाहिरी आवरण मात्र देखिन्छ र त्यसैको आधारमा गलत छ भन्नु कदापि पनि उचित देखिदैन । जसरी तपाई प्रेममा परे पछि आत्मै देखि कसैलाई साचो प्रेम गर्नु हुन्छ नि त्यसमा कुनै किसिमको भेदभाद र स्वार्थ भेट्नु हुन्न तर आँखाले मात्र गरेको प्रेममा शारीरिक,भौतिक शुखभोगको अभिलाषा पुर्ण स्वर्थ पाउनु हुनेछ । हामीले हाम्रो ग्रन्थहरुमा रथ आकाशमा उडायौ, हनुमानले लंकामा ठुलो रुखको छाहरी मुनि बसेको सिताको अगाडी माथी बाट रामको औठि खसाइ दिए तर हामीले यी कुराहरु सतही रुपमा मनोरञ्जन वा आस्थाको रुपमा मात्र अध्ययन गरेयौ । यहि ग्रन्थको गहिरो अध्ययनबाट राइट दाजु भाइले हवाइ जहाजको आविस्कार गरे न्युटनले स्याउ जमिनमा खसेको आधारमा गुरुत्वाकर्षण बल पत्त लगाए । एक चोटि सोच्नुहोस त हामी कहाँ छौ ? भौतिक रुपमा कसैको गुलामी नभए पनि बिस्तारै हामी बैचारिक, भाषिक र सांस्कृतिक रुपमा पश्चिमा देशको औपनिवेशिक मानब त बन्दैछैनौ आफ्नै भूमिमा बसेपनि ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here