त्रिफलामा उपाध्यायलाई सम्मान

२ फाल्गुन २०७६, शुक्रबार मा प्रकाशित

बिर्तामोड।

मेचीनगर–१० धुलाबारीस्थित त्रिफला राष्ट्रिय पुस्तकालयमा आयोजित एक कार्यक्रमका बीच साहित्य अकादमी पुरस्कार विजेता नेपाली साहित्यसभा आसामका वरिष्ठ अनुवादक चन्द्रमणि उपाध्यायलाई सम्मान गरिएको छ ।

त्रिफला राष्ट्रिय पुस्तकालयका अध्यक्ष प्रेमप्रकाश फलाहारीको अध्यक्षतामा भएको कार्यक्रममा गंगाप्रसाद भट्टराईले स्वागत गरेको कार्यक्रममा वरिष्ठ अनुवादक चन्द्रमणि उपाध्यायलाई दोसल्ला, खादा, माला, उपहार प्रदान गरी सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रा.डा. गोविन्दराज भट्टराईले लेखेको मेरो पहिलो बेलायत यात्रा, त्रिफला राष्ट्रिय पुस्तकालयवाट प्रकाशित त्रिफला दर्पण, २२औं पुष्प इन्द्रबहादुर राई स्मृति ग्रन्थ, गणेशबहादुर प्रसाईं स्मृति ग्रन्थ लगायत अनुवादक उपाध्यायलाई हस्तान्तरण गरिएको थियो ।

कार्यक्रममा प्राज्ञ सभाका पूर्व सदस्य यज्ञराज प्रसाईं, साहित्यकारहरु कोमलप्रसाद पोखरेल, हरिनारायण भट्टराई, गणेशबहादुर प्रसाईं स्मृति प्रतिष्ठानका अध्यक्ष नसूह प्रसाईं, साथी एफएमका केन्द्रप्रसाद भट्टराई, त्रिफला राष्ट्रिय पुस्तकालयका कार्यवाहक अध्यक्ष रामप्रसाद दाहाल, महासचिव टीका सुवेदी, सचिव शोभा श्रेष्ठ, छन्दोवादी कवि कृष्णप्रकाश सुमार्गी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा त्रिफला राष्ट्रिय पुस्तकालयका अध्यक्ष फलाहारीले पुस्तकालयको गतिविधिबारे जानकारी गराएका थिए भने नेपाली साहित्यसभा आसामका वरिष्ठ अनुवादक उपाध्यायले नेपाली सभा आसामको गतिविधिबारे जानकारी गराएका थिए ।

त्रिफला राष्ट्रिय पुस्तकालयमा अतिथि आवास आसाम कक्ष निर्माणका लागि आसामका साहित्यकारहरु लीलबहादुर क्षेत्री, ज्ञानबहादुर क्षेत्री, डां.खगेन शर्मा, नेपाली साहित्यसभा आसामका वरिष्ठ अनुवादक चन्द्रमणि उपाध्यायले जनही १० हजार रुपैयाँ सहयोग गरेको त्रिफला राष्ट्रिय पुस्तकालयका अध्यक्ष फलाहारीले बताए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here