झापामा बन्चराको विडले हिर्काएर बुबाले गरे झड्केली छोरीको हत्या


२ फाल्गुन २०७६, शुक्रबार ०७:३४ मा प्रकासित
  • 21
  •  
  •  
  •  
  •  
  •  
    21
    Shares

झापा।

Advertisement

बन्चराको विडले हिर्काएर झापामा झड्केली छोरीको बुबाले हत्या गरेका छन् ।

विहीबार राती साढे ८ बजे मादक पदार्थ सेवन गरेका शिवसताक्षी ९ का ४६ वर्षीय भीमवहादुर ठटालले झड्केली छोरीको हत्या गरेका हुन ।

स्थानीयका अनुसार २६ वर्षीय रेखालाई उनका वाबुले वच्चराको विडले हिर्काएका थिए । बाबुको कुटाईवाट गम्भिर घाईते भएकी रेखाको विर्तामोडको विर्ता सिटी हस्पिटलमा उपचारको क्रममा शुक्रबार विहान मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक रेखाको बारेमा अन्य थप कुरा केहि खुलेको छैन । जिल्ला प्रहरी कार्यलय झापाले घटनाको वारेमा विस्तृत जानकारी आईनपुगेको बताएको छ ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्