फागुन १७ गतेदेखि प्रथम बाहुनडाँगी संगीत तथा पर्यटन महोत्सव


२ फाल्गुन २०७६, शुक्रबार ०८:५८ मा प्रकासित

लक्ष्मी उप्रेती / काँकरभिट्टा,

Advertisement

‘सातदिन सात प्रदेश ’भन्ने मुख्यः श्लोग्नका साथ आगामी फागुन १७ देखि २३ गतेसम्म झापाको मेचीनगरमा ‘प्रथम बाहुनडाँगी संगीत तथा पर्यटन महोत्सव २०२० ’सञ्चालन हुने भएको छ ।
हरेक वर्ष बाहुनडाँगीमा आयोजना भइरहेको महोत्सव यसवर्ष स्थान्तरण भएर काँकरभिट्टामा लगेका कारण बाहुडाँगीवासीबाट नै नेपाल भ्रमण वर्ष २०२० लाई टेवा पुग्ने गरी साथै बाहुनडाँगीको पहिचानलाई मध्यनजर गरेर महोत्सव गर्न लागिएको बताईएको छ ।

महोत्सवको तयारी धमाधम भइरहेको आयोजक बाहुनडाँगी जेसीजले शुक्रबार काँकरभिट्टामा पत्रकार सम्मेलन गरी जनाएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई सफलरुपमा सम्पन्न तथा प्रवद्र्घन गर्नु महोत्सवको मुख्य उद्घेश्य रहेको महोत्सव आयोजक समितिका संयोजक प्रविन भण्डारीले बताउनुभयो ।

उहाँले पर्यटक तथा भ्रमणकर्ताहरुलाई विविध ग्रामीण साँस्कृतिक तथा ऐतिहासीक पहिचान परिचित गराउनु, एक अर्काको साँस्कृतिक व्यवहार आदान प्रदान गर्नु, कृषि प्रविधि तथा उत्पादित वस्तुहरु एक अर्कामा आदान प्रदान गर्नु समाजमा लोप हुन लागेका रीतिरिवाजहरुलाई पुनः जीवन प्रदान गर्नु, ग्रामीण पर्यटनलाई प्रवद्र्घन गर्नु तथा पर्यटक तथा भ्रमणकर्ताहरुलाईस्थानीय परिकारको पहिचान गराउनु, परम्परागत कृषि तथा साँस्कृतिक सामाग्रीको परिचय गराउनुजैविक विविधताको महत्व र संरक्षण योजना प्रवद्र्घन गर्नु र जातीय तथा क्षेत्रीय पहिचानका लागि परम्परागत महत्वका वस्तुको संरक्षण र प्रेरणा प्रदान गर्नु पनि उद्घेश्य लिइएको छ ।

आयोजक संस्थाका अध्यक्ष कञ्चन उप्रेतीले हरेक दिन अलग अलग प्रदेशका बारेमा डकुमेन्ट्री प्रस्तुत गरिने छ । मेचीनगर—४ बाहुनडाँगी बजार पश्चिम सञ्चालन हुने महोत्सवमा करीव २७ लाख रुपैयाँ खर्च हुने र विभिन्न खालका ४० वटा स्टल रहने अध्यक्ष उप्रेतीले बताउनुभयो ।

महोत्सवमा राखिने स्टलहरु विभिन्न जातीय परिकार, साँस्कृतिक तथा पर्यटन व्यवसायिक तथा जनचेतनामुलक र मनोरञ्जनमा बालमैत्री खेलहरु साथै बाहुनडाँगीक्षेत्रका विद्यालयस्तरीय गायन तथा नृत्य प्रतियोगिता हुने छ । साथै महोत्सवलाई संगीतमय बनाउन आस्था राउत, मेलिना राई, सुगम पोखरेल, प्रितम आचार्य, पुष्पन प्रधान, लाहुरे आरम्भ व्याण्ड, प्रमोद खरेल, मन्त्र व्याण्ड र वाफ व्याण्डले साँगितीक प्रस्तुती दिने छन् ।

Facebook Comments

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्