प्याव्सनको खेलकुद प्रतियोगिता सम्पन्न

0
731

बिर्तामोड ।

प्याव्सन झापाको आयोजना तथा विर्तामोड नगर प्याव्सनको संयोजनमा खेलकुद प्रतियोगिता सम्पन्न भएको छ ।

विर्तामोड नगर प्याव्सनमा आवद्ध १४ वटा विद्यालयको सहभागितामा भलिवल , फुटवल र टेवलटेनिस प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगिता अन्तर्गत भलिवल प्रतियोगितामा प्रथम वाल्मिकी एजुकेशन फाउण्डेशन ,द्धितिय फनमिन इङ्लिस बोर्डिङ स्कूल , तृतिय गोमेन्द्र विर्तामोडल अंग्रेजी मावि भएका छन् ।

त्यस्तै ४ फिट १० इञ्च उचाईमा भएको फुटवल प्रतियोगितामा प्रथम प्रशान्ती एजुकेशन एकाडेमी , द्धितिय कञ्चन इङ्लिस स्कुल , तृतिय सरस्वती एञ्जल इङ्लिस स्कुल भएका छन् ।

त्यसैगरी आधारभूत तहको टेवलटेनिस पुरुष सिंगलतर्फ प्रथम मनकामना सेकेण्डरी स्कूल , द्धितिय वाल्मिकी एजुकेशन फाउण्डेशन , तृतिय ग्लोरी इङ्लिस स्कुल भएका छन् भने पुरुष डबल्सतर्पm प्रथम वालकल्याण अंग्रेजी मावि , द्धितिय ग्लोरी इङ्लिस स्कुल र तृतिय वाल्मिकी एजुकेशन फाउण्डेशन भएका छन् ।

त्यसैगरी आधारभूत तहको टेवलटेनिस महिला सिंगलतर्फ प्रथम एमीटी एजुकेशन फाउण्डेशन , द्धितिय वुद्धस्मृति एजुकेशन फाउण्डेशन , तृतिय टावर टेम्पल माध्यमिक विद्यालय भएका छन् भने महिला डबल्सतर्फ प्रथम एमीटी एजुकेशन फाउण्डेशन , द्धितिय वुद्धस्मृति एजुकेशन फाउण्डेशन , तृतिय ग्लोरी इङ्लिस स्कुल भएका छन् ।

त्यस्तै मावि तहको टेवलटेनिस पुरुष सिंगलतर्फ प्रथम एमीटी एजुकेशन फाउण्डेशन , द्धितिय वुद्धस्मृति एजुकेशन फाउण्डेशन तृतिय एसेन्ट एकाडेमी भएका छन् भने पुरुष डबल्सतर्पm प्रथम एमीटी एजुकेशन फाउण्डेशन , द्धितिय वाल्मिकी एजुकेशन फाउण्डेशन , तृतिय चिल्ड्रेन इन्भारोमेन्ट स्कूल भएका छन् ।

त्यस्तै मावि तहको टेवलटेनिस महिला सिंगलतर्फ प्रथम एसेन्ट एकाडेमी द्धितिय वुद्धस्मृति एजुकेशन फाउण्डेशन तृतिय एमीटी एजुकेशन फाउण्डेशन भएका छन् भने महिला डबल्सतर्पm प्रथम एमीटी एजुकेशन फाउण्डेशन , द्धितिय गोमेन्द्र विर्तामोडल इङ्लिस स्कुल तृतिय एसेन्ट एकाडेमी भएका छन् ।

विर्तामोड नगर प्याव्सनका अध्यक्ष उत्तम खनालको अध्यक्षतामा भएको कार्यक्रममा प्याव्सन झापाका सहसचिव हरिकृष्ण पाठक , एभ्रेष्ट स्मार्ट एजुकेशन एकाडेमीका निर्देशक आशिष प्रसाईं , विर्तामोड नगर प्याव्सनका उपाध्यक्ष सन्तोष सुव्वा , विर्तामोड नगर प्याव्सनका कोषाध्यक्ष नरेशमान धिमाल लगायतले पुरस्कार वितरण गरेका थिए ।

उक्त प्रतियोगिता अन्र्तगत भलिवल र फुटवलमा प्रथम हुने विद्यालयले आगामी फागुन ५ गतेदेखि हुने जिल्लास्तरीय प्रतियोगितामा प्रतिष्पर्धा गर्ने बताइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here