भद्रपुर ।
प्रधानमन्त्री केपी शर्मा ओली गृह जिल्ला झापा आउने भएका छन् ।
आफ्नो गृह नगर दमक नगरपालिका क्षेत्रमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली फागुन ४ गते आइतबार गृह जिल्ला आउन लागेका हुन् ।
नेकपा पार्टी स्रोतका अनुसार प्रधानमन्त्री मावा खोलामा निर्माणाधीन पुल उद्घाटन, चिसापानी सडक–खण्डको शिलान्यास, जनता आवासको उद्घाटन गर्दै चावी हस्तान्तरण लगायतका विभिन्न कार्यक्रममा सहभागी हुने छन् ।


























