मोहनमायामा अक्षयकोष

0
1108

बिर्तामोड।

बिर्तामोड–२ स्थित मोनमाया माध्यमिक विद्यालयमा स्थानिय समाजसेवी अञ्जनी संग्रौला र उनकी श्रीमतीले ५ लाख अक्षयकोष स्थापना गरेका छन् ।

संग्रौलाले विद्यालयमा आयोजित चन्द्र–विष्णु राउत स्मृति प्रतिष्ठानद्वारा प्रदान गर्दै आएको उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीलाई पुरस्कार वितरण कार्यक्रममार्फत उक्त रकमको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका हुन् । आफ्ना माता पिताको स्मृतिमा अञ्जनी संग्रौला र उनकी श्रीमती मेलिसाले अक्षयकोष स्थपाना गर्ने घोषणा गरेका हुन् ।

मोहनमाया माध्यमिक विद्यालयमा २०६५ सालमा स्थापना भएको चन्द्र–विष्णु राउत स्मृति प्रतिष्ठानले हरेक बर्ष बिर्तामोड नगरबाट एसईईमा उत्कृष्ट अंक ल्याउने दुई जनालाई र मोहनमायाबाट उत्कृष्ट अंक ल्याउने २ जना र मोहनमायाबाटै कक्षा ८मा उत्कृष्ट अंक ल्याउने दुई जनालाई सम्मान र पुरस्कृत गर्दै आएको छ ।

यस बर्ष एसईई परीक्षामा नगरबाट सर्बोच्च अंक जिपिए ३.७५ ल्याउने मोहनमायाका छात्र निराजन भट्टराई र महेन्द्र–रत्न माध्यमिक विद्यालयबाट जिपिए ३.७५ ल्याउने छात्र विशाल पौडेललाई पुरस्कृत गरिएको छ । उनीहरुलाई नगद २ हजार ५ सय १ रुपैयाँले पुरस्कृत गरिएको हो । त्यसैगरी मोहनमायाबाट एसईईमा जिपिए ३.७५ ल्याउने निराजन भट्टराई र छात्रातर्फ रिया गुरागाँईलाई पुरस्कृत गरिएको थियो । त्यसैगरी आधारभूततर्फ मोहनमायाका विद्यार्थी पेरीसराज थापा र सिद्धार्थ भट्टराई, छात्रातर्फबाट अंकिता अधिकारीलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा बार्षिक परीक्षामा कक्षा २बाट ९९.६७ प्रतिशत अंक ल्याई प्रथम हुने नवीन सहनी, कक्षा एलकेजीबाट प्रथम हुने सुमी मुर्मू, नर्सरीबाट ९८ प्रतिशत अंक ल्याई पास हुने नेहा माझीलाई पुरस्कृत गरिएको थियो । कार्यक्रममा मोहनमायाकी शिक्षक ईश्वरी खड्कालाई बर्ष उत्कृष्ट शिक्षकबाट सम्मान गरिएको थियो । चन्द्र–विष्णु राउत स्मृति प्रतिष्ठानका अध्यक्ष कमलबहादुर राउतको सभाध्यक्षमा आयोजित कार्यक्रमको प्रमुख आतिथ्य शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख जयप्रसाद महतको रहेको थियो ।

बिर्तामोड नगर शिक्षा प्रमुख तिलचन भण्डारीले मोहनमायामा आवश्यक रहेको पुस्तकालय स्थापना गर्न आफू लागीपर्ने बताए । बिर्तामोड–२का अध्यक्ष नगेन्द्रप्रसाद संग्रौला, वीरअमरसिंह माध्यमिक विद्यालयका प्रधानाध्यापक यदुनाथ अधिकारी लगायतले बोलेको कार्यक्रममा व्यवस्थापन समिति अध्यक्ष नारायण राजवंशी, अभिभावक शिक्षक संघ अध्यक्ष देवीप्रसाद गिरी, वडा सदस्य उपेन्द्र पराजुली, चन्द्र–विष्णु स्मृति प्रतिष्ठानका संस्थापकहरु दानबहादुर राउत, कुलबहादुर राउत लगायतको आतिथ्य रहेको थियो ।

कार्यक्रमा स्वागत शिक्षक अनिता बस्नेतले र प्रधानाध्यापक शेरबहादुर श्रेष्ठले औचित्यमाथि प्रकाश पारेका थिए भने कार्यक्रमको सञ्चालन सहायक प्रधानाध्यापक भवानी राजवंशीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here