शिवसताक्षीमा नगर स्तरीय अन्तरविद्यालय खेलकुद प्रतियोगिता

३ फाल्गुन २०७६, शनिबार मा प्रकाशित

तलु बास्के / बिर्तामोड।

झापाको शिवसताक्षीस्थित मोती माविमा बाह«ौ राष्ट्रपति रनिङ शिल्ड खेलाडी छनौट एवम् नगरस्तरीय अन्तर विद्यालय खेलकुद रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।

शिवसताक्षी नगरपालिकाको आयोजनामा स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ भएको प्रतियोगितामा नगरपालिकाका सामुदायिक र निजी विद्यालय गरी १२ वटा विद्यालयको सहभागिता रहेको थियो ।

कार्यक्रममा बालविकासको २५ मिटरको छात्रातर्फको मकै टिप्ने दौड र छात्रातर्फकै ५० मिटरको दौडमा बाल सेवा आधारभूत विद्यालयकी सलिना गुरुङ प्रथम, पाथीभरा प्राथमिक विद्यालयकी प्रिया हस्दा द्वितीय, हिमालय प्राविकी विन्दीया राई तृतीय भएका थिए भने छात्रतर्फ पाथीभरा प्राथमिक विद्यालयका जोडिष राई प्रथम बाल सेवा आधारभूत विद्यालयका तपन बसेल द्वितीय र मोती माविका संगीत हेमरम तृतीय भएका थिए ।

त्यस्तै कक्षा १ र २ को ५० मिटरको दौडमा छात्रातर्फ मनकामना बोर्डिङ स्कूलकी गंगा तामाङ प्रथम, बाल सेवा आधारभूत विद्यालयकी एनी राई द्वितीय, विज्ञान एकेडेमीकी कृतिका रसाइली तृतीय भएका थिए भने छात्रतर्फ हिमालय विद्यालयका विशाल मर्डी प्रथम, मिशन एकेडेमीका अर्जुन मण्डल द्वितीय र इन्द्रेणी पाठशालाका सन्तोष मर्डी तृतीय भएका थिए ।

त्यस्तै कक्षा ३ र ४ को छात्रछात्राको १०० मिटरको दौडमा छात्रातर्फ सोनिया ऋषिदेव प्रथम, प्रमिला टुडू द्वितीय र रविना चौधरी तृतीय भएका थिए भने छात्रतर्फ दिलीप तामाङ प्रथम, विवेक तामाङ द्वितीय र प्रविन भण्डारी तृतीय भएका थिए । त्यस्तै कक्षा १–५ को २०० मिटरको छात्रछात्राको दौडमा भूमिका पुरी, सुष्मिता मुर्मू, गीता खड्का, रसतलाल मुर्मू, अर्पण राई, पदमबहादुर मगर क्रमशः प्रथम, द्वितीय र तृतीय भएका थिए ।

त्यस्तै प्रावि तहको भाले जुधाइमा मौसम घिसिङ प्रथम, श्रीबहादुर किस्कु द्वितीय र रोशन लावती तृतीय भएका थिए भने हिसाब दौडतर्फ कञ्चन काफ्ले प्रथम, निर्जला बस्नेत द्वितीय र अंशु बुढाथोकी तृतीय भएका थिए । त्यसैगरी निम्न माध्यमिक विद्यालयको खेलकुद अन्तर्गत १०० मिटरको छात्रतर्फको दौडमा धिरेन किस्कु प्रथम, सरोज उराउ द्वितीय, अर्जुन दाहाल तृतीय र मिक्सेन राई चौथो भएका थिए । १०० मिटरकै छात्राको दौडमा रेश्मा विक प्रथम, चन्द्रकला भण्डारी द्वितीय र अनिषा तामाङ तृतीय भएका थिए ।

आधारभूत तहको २०० मिटरको दौडमा छात्रतर्फ सरोज उराउ प्रथम, लक्ष्मी हेमरम द्वितीय, राम राई तृतीय र अर्जुनबहादुर दाहाल चौथो भए भने छात्रातर्फ दिलु कार्की प्रथम, स्मारिका अधिकारी द्वितीय खुश्बु भण्डारी तृतीय र कमला न्यौपाने चौथो भएका थिए । त्यस्तै आधारभूत तहकै ४०० मिटर दौडमा छात्रतर्फ लक्की चौधरी प्रथम, अकुल थापा द्वितीय, धनबहादुर राई तृतीय भए भने छात्रातर्फ चन्द्रकला भण्डारी प्रथम, स्मृति शेर्मा द्वितीय र नुमा निङ्लेखु तृतीय भएका थिए ।

आधारभूत तहकै लङजम्पतर्फ अमन लिम्बू प्रथम, लक्की चौधरी द्वितीय, धिरेन किस्कू तृतीय भएका थिए । विजेता विद्यार्थीलाई शिवसताक्षी नगरपालिका–२ का वडाध्यक्ष कुलबहादुर बस्नेतले पुरस्कार वितरण गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here