मोटरसाइकल दुर्घटनामा दुई जनाको घटनास्थलमै मृत्यु

३ फाल्गुन २०७६, शनिबार मा प्रकाशित

इटहरी ।

मोरङको सलकपुरमा गएराति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

सुन्दर हरैचा नगरपालिका–८ स्थित पूर्व पश्चिम राजमार्ग अन्तर्गत पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको को २७ प १७ नं को र को ३४ प ६६०२ नं को मटरसाइकल ओभरटेक गर्ने क्रममा एक आपसमा ठोक्किदा दुवै मोटरसाइकलमा सवार दुई जनाको घटनस्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा सुन्दर हरैचा–८ का २७ वर्षका विशाल खत्री र सुन्दर हरैचा–१२ का २५ वर्षीय अर्पण गुरागाईँ रहेका छन् । यस्तै, दुर्घटनामा परि दुई जना गम्भीर घाइते भएका छन् । मोटरसाइकलमा सवार संखुवासभा चैनपुरका २१ वर्षीय लक्ष्मण खत्री र सुन्दर हरैचा–८ का २० वर्षीय प्रवीण थापा घाइते भएका हुन् ।

घाईतेलाई सलकपुरबाट खटिएका विदुर भट्टराईको सात जनाको टोलीले उपचारको लागि गोल्डेन अस्पताल बिरटनगर पठाएको हो । यस्तै मोटरसाइकल भने प्रहरी चौकी विराटचोकको नियन्त्रणमा राखिएको जनाइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here