वुटिक तथा चुरामा स्टोन भर्ने पाँच दिवसीय तालिम सम्पन्न

0
745

दुधे ।

महिलाहरुका लागि वुटिक तथा चुरामा स्टोन भर्ने पाँच दिवसीय तालिम शिवसताक्षी नगरको दुधेमा सम्पन्न भएको छ । १ नम्वर प्रदेशका साँसद झलकवहादुर दर्लामी मगरको पहलमा प्रदेश सरकारले तालिम संचालका लागि रकम दिएको थियो । तालिम माघ २७ देखी शुरु भएको हो ।

शिवसताक्षी नगरपालिका वडा नम्बर ९ र ११ को वडा कार्यलय भवनमा साविकका सतासीधाम गाविसका ४ वटा वडा का २५ महिलालाई व्यवसायीक रुपमा आत्मनिर्भर बनाउन वुुटिक तथा मेडकका चुरामा स्टोन भर्ने तालिम प्रदान गरिएको होे । शिवसताक्षीका ८, ९,१० र ११ का महिला सहभागी थिए ।

सृजनशिल गोदावरी महिला समाज ललितपुरले तालिमको आयोजना गरेको थियो । समाजकी अध्यक्ष रेनुका रेग्मीको अध्यक्षतामा भएको समापन कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी प्रदेश साँसद झलकवाहादुर दर्लामी मगर, शिवसताक्षी नगरकी उपप्रमुख भोजकुमारी नेपाल, ९ नम्बर वडाका अध्यक्ष छविलाल पाठक, नगरपालिकाका निमिक्त प्रमुख प्रसासकीय अधिकृत सुरेन्द्र दाहाल, आयोजक समाजकी उपाध्यक्ष नरमाया कार्की लगायतले तालिममा सहभागीले आफुले प्राप्त गरेको शिपलाई व्यवहारमा उतारेर आत्मनिर्भर बन्न सुझाएका थिए ।

कार्यक्रमा सहभागीका तर्फबाट विना संग्रौलाले तालिमबाट प्राप्त अनुभवलाई व्यवहारमा उर्ताने वताईन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here