विर्तामोडमा प्रि इण्डक्सन तथा लोम अफिसर्स तालिम

३ फाल्गुन २०७६, शनिबार मा प्रकाशित

बिर्तामोड ।

वीरता जेसीज र वीरता लेडी जेसीजको संयुक्त आयोजनामा विर्तामोडमा प्रि इण्डक्सन तथा लोम अफिसर्स तालिम सम्पन्न भएको छ ।

वीरता जेसीजका अध्यक्ष मिजाश पोखरेल र वीरता लेडी जेसीजकी अध्यक्ष सुस्मा भण्डारी पौडेलको अध्यक्षता तथा वीरता जेसीजका पूर्वअध्यक्ष राजकुमार पोखरेलको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो ।

कार्यक्रम संयोजक वीरता लेडी जेसीजकी तालिम संयोजक युनिता दवाडीले स्वागत गरेको कार्यक्रममा कार्यक्रम संयोजक वीरता जेसीजका कार्यकारीणी उपाध्यक्ष कमल श्रेष्ठले आस्था वाचन गरेका थिए ।

वीरता जेसीजका महासचिव विकास वस्नेतले जेसीआई मिसन भिजन वाचन गरेको कार्यक्रममा सहभागीलाई नेपाल जेसीजका राष्ट्रिय प्रशिक्षक प्रदिप विष्टले प्रशिक्षण प्रदान गरेका थिए । विष्टले जेसीजका कार्यसमितिका पदाधिकारीहरुको काम ,कर्तव्य र अधिकारका वारेमा सहभागिलाई जानकारी गराएका थिए ।

कार्यक्रमको सञ्चालन वीरता लेडी जेसीजकी महासचिव संगीता गिरीले गरेकी थिइन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here