जलकन्यादेवीको मन्दिर प्यागोडा शैलीको निर्माण गरिने

0
1235

अर्जुनधारा ।

झापाको अर्जुनधारा–१० चुथाईस्थित जलकन्यादेवी मन्दिरको पुर्ननिर्माण गरिने भएको छ ।

जीर्ण अवस्थाको मन्दिर रहेको स्थानमा आकर्षक प्यागोडा शैलीको मन्दिर निर्माण गरिने मन्दिर व्यवस्थापन समितिका सचिव ओमप्रकाश भट्टराईले जानकारी दिए । “प्यागोडा शैलीको मन्दिर कस्तो र कती तलाको बनाउने भन्ने विषयमा प्राविद्यिकहरुसँग छलफल भइरहेको छ ।”–उनले भने ।

अनुमानित २० लाख खर्च लाग्ने मन्दिर छ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य समितिको रहेको छ । मन्दिर निर्माणका लागि आर्थिक स्रोत जुटाउन सम्बन्धित निकाय, विभिन्न संघ–संस्था र दाता महानुभावहरुसँग समन्वय गरिने बताइएको छ ।

यसैबिच समितिले हालै सम्पन्न संगीतमय शिव महापुराणको आय–व्यय विवरण सार्वजनिक गरेको छ । महापुराण आयोजक समितिका संयोजक पदमलाल श्रेष्ठको अध्यक्षतामा आयोजित बैठकमा सचिव भट्टराईले महापुराणको आय–व्यय विवरणसहितको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

प्रस्तुत प्रतिवेदन अनुसार जम्मा आय ११ लाख ९२ हजार, जम्मा खर्च चार लाख १४ हजार चार सय ३१ रुपैयाँ र जम्मा बचत सात लाख ७७ हजार पाँच सय ६९ रुपैयाँ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here