झापामा एक करोड नगदसहित एक ब्यक्ति पक्राउ

३ फाल्गुन २०७६, शनिबार मा प्रकाशित

कांकरभिट्टा ।

झापाको मेचीनगरबाट सशस्त्र प्रहरीले एक करोड रुपैंया नगद सहित एक ब्यक्तिलाई शनिबार पक्राउ गरेको छ । कांकरभिट्टाबाट पश्चिम तर्फ जाँदै गरेका बाराको जितपुरबारा नगरपालिका–३ का २७ वर्षीय श्रवणकुमार चौधरीलाई एक करोड नेपाली नगद सहित पक्राउ गरेको सशस्त्र प्रहरी बल कांकरभिट्टाका सशस्त्र प्रहरी नायब उपरीक्षक ज्ञानमणी पौडेलले जानकारी दिए ।

उनका अनुसार बा १२ च ९६८ नम्बरको जिपमा झोलाभित्र राखेको नेपाली नगद सहित चौधरीलाई पक्राउ गरिएको हो । सशस्त्र प्रहरी सहायक निरीक्षक सुवास थापाको कमाण्डमा खटिएको टोलिले चेकजाँचको क्रममा झोलाभित्र संकास्पद रुपमा लुकाएर राखेको अवस्थामा नगद सहित पक्राउ गरेको हो । प्रहरीले चौधरीसहित नगद र सवारीलाई नियन्त्रणमा लिएर आवश्यक कारबार्हीका लागि मेची भन्सार कार्यालय कांकरभिट्टा बुझाएको जनाइएको छ ।

सवारीको मुल्य ३० लाखबढी रहेको जनाइएको छ । पक्राउ परेका ब्यक्तिले कहाँबाट र किन यति धेरै रकम सवारीमा लिएर गए भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले नगदको स्रोत नखुलेको भन्दै नियन्त्रणमा लिएको जनाएको छ । तर चौधरीले भने उक्त रकम कांकरभिट्टाबाट बिर्तामोड स्थित इन्भेष्टमेन्ट बैंकमा जम्मा गर्न लगिएको प्रहरीलाई बयान दिएको बताइएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here