गौरीशंकरलाई १० स्वर्ण

४ फाल्गुन २०७६, आईतवार मा प्रकाशित

बिर्तामोड, बाह्रदशी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा गौरीशंकर माध्यमिक विद्यालय डाँगीवारीले १० स्वर्ण पदक हात पारेको छ । योसंगै गौरीशंकर माध्यमिक विद्यालय गाउँपालिकाको सर्वाधिक स्वर्ण पदक विजेता घोषित भएको छ । गौरी शंकरले १० स्वर्ण सहित ६ रजत, ५ काष्य जीत हासिल गर्दै जम्मा २१ वटा पदक हात पारेको छ ।


त्यस्तै नमूना अंग्रेजी माध्यमिक विद्यालय फूलवारीले ६ स्वर्ण पदक सहित २ रजत र ७ काश्यसहित १५ पदक हात पार्दै द्वितीय भएको छ । फूलवारी माध्यमिक विद्यालयले ५ स्वर्ण सहित ४ रजत १ काश्य पदक हात पार्दै तेस्रो भएको वाह्रदशी गाउँपालिका शिक्षा शाखा प्रमुख ज्ञानवहादुर पौडेलले जानकारी दिए ।
यसैगरी पशुपति माध्यमिक विद्यालय र ज्ञानज्योति माध्यमिक विद्यालयले ३÷३ वटा स्वर्ण पदक हात पारेको छ । पशुपतिले ७ रजत २ काश्य र ज्ञान ज्योतिले ५ रजत र ४ काश्य पदक हात पारेको छ । यता लिटलस्टार आंग्रेजी माध्यमिक विद्यालयले २ स्वर्ण३ रजत र ५ काश्य पदक जीत हासिल गरेको छ । दीपजन माविले १ स्वर्ण पदक मात्र हात पारेको छ । त्यस्तै अमृत माविले २ रजत, २ काश्य पञ्चमणीले १ रजत २ काश्य, कञ्चनज्योतिले १ रजत र २ काश्य जीत हासिल गरेका छन् ।
प्रतियोगितामा १२ विद्यालय सहभागी रहेको थिए । विजेता विद्यार्थी र विद्यालयलाई गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीले शिल्ड र प्रमाणपत्र प्रदान गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here