विप्लवका सात जना पक्राउ

४ फाल्गुन २०७६, आईतवार मा प्रकाशित

संखुवासभा।

माओवादी विप्लव समूहका सात जना कार्यकर्ता पक्राउ परेका छन् ।

चैनपुर नगरपालिका–३ पोखरीस्थित एनसेलको इन्भर्टरमा गत माघ १२ गते राति कुकर बम पड्काई आगजनी भएको घटनामा संलग्न रहेको अभियोगमा दुई जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको थियो ।

पक्राउ पर्नेहरुमा चैनपुर नगरपालिका–४ बस्ने ४१ वर्षीय अजित राई र सोही ठाउँ बस्ने २० वर्षीय समिन राई रहेका छन् । यसैबीच चैनपुर नगरपालिका–१ गुफापोखरीस्थित दोभानेबाट सकेट बम १ थान, रेडबुल बम १ थान र बिभिन्न कागजातहरुसहित ५ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा चैनपुर नगरपालिका–४ बस्ने २७ वर्षीय सन्तोष तामाङ, अजय सेर्पा, सभापोखरी गाउँपालिका–३ बस्ने एलिना राई, भोजपुर षडानन्द नगरपालिका–१० बस्ने प्रभा तामाङ र ताप्लेजुङ तातोपानी गाउँपालिका–१ बस्ने निमनेम्बा सेर्पा रहेका छन् ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here