झापा ।

झापाको बिर्तामोड–३ स्थित अनारमनी पब्लिक क्याम्पसमा आगलागी हुदाँ चार लाख बढीको क्षति भएको छ ।
बिद्युत सर्ट भएर आगलागी हुदाँ तीन थान कम्प्युटर, प्रिन्टर एक थान, टेलिफोन एक सेट, पुस्तक ¥याक एक थान, टेबल कुर्सी ५ थान, प्लाष्टिकको कुर्सी १० थान, सिलिङ फ्यान २ थान, एक सय ३० थान पुस्तक, खेल सामग्री र महत्वपूर्ण कागज पत्रहरु जलेर नष्ट भएको क्याम्पस प्रमुख मोहन शिवाकोटीले जानकारी दिए ।
आगलागीबाट चार लाख ६७ हजार ६ सय मुल्य बराबरको क्षति भएको बताइएको छ । आगलागी शुक्रबार दिउँसो दुई बजेबाट सुरु भएको थियो । आगो बिर्तामोड नगरपालिकाको दमकलले करिब दुई घण्टा पछि नियन्त्रणमा लिएको बताइएको छ ।



























