गुणात्मकरुपमा पर्यटक भित्रियाउनुपर्नेमा जोड

0
841

काँकरभिट्टा ।

संघीय सांसद् सुरेन्द्रकुमार कार्कीले देशमा संख्यात्मक रुपमा भन्दा पनि गुणात्मकरुपमा पर्यटक भित्रियाउनुपर्नेमा जोड दिनुभएको छ ।

आइतबार झापाको मेचीनगरमा मेचीनगर लेडी जेसीजद्वारा आयोजित ‘भ्रमण वर्ष २०२० का चुनौती र हाम्रो उत्तरदायित्व’ विषयक अन्तरक्रियामा बोल्दै सांसद कार्कीले सवैभन्दा पहिला किन र कस्ता पर्यटक भित्रियाउने त्यो बारेमा हरेकक्षेत्रले सोच्नु पर्ने बताउनुभयो । ठुलो संख्यामा पर्यटक आए खुशी हुने प्रचलन रहेको भन्दैं उहाँले ‘क्वान्टीटी’ मा नभएर ‘क्वालिटी’का पर्यटक भित्रियाउन सवै लागनुपर्ने विचार राख्नुभयो ।

संघीय सरकारले अघि सारेको नेपाल भ्रमण वर्ष २०२० हरेक नेपालीका लागि अवसरसँगै चूनौति पनि भएको बताउनुभयो । सरकारले २० लाख पर्यटक भित्रियाउने लक्ष्यसहित अघि सारेको नेपाल भ्रमण वर्ष २०२० सफल बनाउनु हरेकक्षेत्रको दायित्व भएको उहाँको भनाई थियो ।

त्यसका लागि हामी सवैमा आतिथ्य सत्कारको तालिम आवश्यकता रहेको उहाँले औल्याउनुभयो । यसका लागि हरेक पर्यटनकाक्षेत्रमा क्रियाशील संघ संस्थालगायत व्यक्तिलाई स्थानीय सरकार तथा पर्यटक लक्षित संघ संस्थाले यस्तो तालिमको व्यवस्था गर्नुपर्ने उहाँको सुझाव थियो । अब प्रत्येक मानिसले आफ्नो वार्षिक खर्च योजना तयार गर्दा घुमफिरका लागि समेत बजेट छुट्टयाउनुपर्ने उहाँको भनाई थियो ।

जवसम्म घुम्ने संस्कृतिको विकास हुदैंन तव सम्म मानिस गतिशील नहुने साँसद कार्कीको तर्क थियो । घुमफिरको आफ्नै महत्व भएकाले हरेकलाई यसको आवश्यतका र औचित्यका बारेमा जानकारी गराउनुपर्ने उहाँले बताउनुभयो । मेचीनगर नगरपालिकाका उपप्रमुख मनिा पोखरेल उप्रेतीले अहिले चीनमा देखा परेको नोवेल कोरोनाका कारण केही असर पुग्ने कुरामा चिन्ता व्यक्त गदैं हरेक मानिस पर्यटक मैत्री बन्नुपर्ने बताउनुभयो ।

सरकारको अघि सारेको भ्रमण वर्ष २०२० सफल पार्नु सवैको उत्तरदायित्व रहेको मेचीनगर पर्यटक विकास समितिका अध्यक्ष समेत रहनुभएका उपप्रमुख उप्रेतीको भनाई थियो । आयोजक संस्थाकी अध्यक्ष तुलसा दंगालले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुभएको थियो । महासचिव सुशीला खतिवडाले सञ्चालन गरेको कार्यक्रममा जेसीजकी जनसम्पर्क अधिकारी सुभद्रा नेपालले आस्था वाचन गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here