बिर्ता सिटीले छिनेको हात जोड्यो, ट्रमाका बिरामी अन्यत्र जानु नपर्ने

2
1453

झापा।

इलामको सुर्योदय नगरपालिका–९ पान्दामका ४२ वर्षीय रेशम राई घरमा नै काम गरिरहेका थिए । गत बिहीबार घरको ड्रेसिङ टेबलमा रहेको लुगा निकाल्दा आफ्नो हात छिन्ला भन्ने उनले कल्पना समेत गरेका थिएनन् । तर, हुनेहार दैव नटार भने झैं ड्रेसिङ टेबलबाट लुगा निकाल्दा सिसाले उनको दाहिने हात छिनायो ।

रक्तामे अवस्थामा उनी फिक्कल अस्पताल ल्याइए । उपचार असम्भव भएपछि फिक्कल अस्पतालले बिर्तामोडस्थित पूर्ण टुङ्ग बिर्ता सिटी हस्पिटल रेफर ग¥र्यो । अस्पताल आइपुग्दा उनी बेहोस भएका थिए । बिहीबार बेलुका अस्पताल ल्याइए लगत्तै उनको उपचार सुरु गरेको अस्पतालले छोटो समयमा नै उनको खुशी र्फकाउन सफल भएको छ ।

अस्पतालमा तीन महिना अघिदेखि कार्यरत अर्थोपेडिक तथा जोड एवम् लिगामेन्ट प्रत्यारोपण विशेषज्ञ डाक्टर रुपेशजंग बेलबासेको टीमले उनको उपचार सुरु गर्यो । यस अघि भियनाको अकाह मेडिकल युनिभर्सिटी र भारतको प्रतिष्ठित एपोलो अस्पतालमा कार्य अनुभव बटुलिसकेका डाक्टर बेलबासेले राईलाई तत्काल शल्यक्रिया कक्षमा राखेर उपचार सुरु गरे । राती साढे ११ बजेबाट बिहानको साढे २ बजेसम्मको अथक प्रयासपछि राईको धमनी, शीरा र स्नायु जोडेर राईलाई जीवन मात्र दिएनन् अपाङ्ग हुनबाट समेत बचाएका छन् ।

रक्तमे अवस्थामा हुदाँ आफ्नो बाँच्ने आशा समेत मारेका राईले यति छोटो अवधिमा यस्तो उपचार पाइएला भन्ने कल्पना समेत गरेका थिएनन् । तर, यसअघि आफ्ना परिवारका अन्य सदस्यहरुको सफल उपचार भएकाले आफूले बेहोसी अवस्थामा नै बिर्ता सिटी लैजान भनेको बताए ।

राईको हातको टेन्डेन, नर्भ, सबै काटिएको र हड्डी बाहेक आधा,मुख्य रक्तनली नै छिनेको अवस्थामा आफूले उपचार सुरु गरेको डाक्टर बेलबासेले बताए । उनले भने– न्यूरो सेवा समेत सञ्चालनमा रहेका कारण राईको उपचार सम्भव भएको हो । आधुनिक उपकरण र दक्ष जनशक्तिका कारण बिर्तासिटीले विरामीको सफल उपचार गरेको हस्पिटलका ब्यवस्था निर्देशक आनन्दकुमार बस्नेतले बताए । उनले भने–सस्तो र भरपर्दो उपचार गर्ने बिर्ता सिटीले धेरैलाई नयाँ जीवन दिएको छ ।

बिर्ता सिटीले छिनेको हात जोड्न सफल भएपछि उपचाररत् राईले आफ्नो उपचारमा संलग्न डाक्टरहरुलाई धन्यवाद दिएका छन् । उनको सोमबार डिस्र्चाज गर्ने बताइएको छ । अस्पतालले अर्थोसजरी तर्फ मात्रै हालसम्म चार हजार पाँच सय ३० जनाको सफल शल्यक्रिया गरेको अस्पतालका प्रशासक विनोद बस्नेतले जानकारी दिए । अस्पतालले छोटो समयमा नै बिरामीको मन जित्न सफल भएको बताइएको छ । अहिले झापासहित इलाम,पाँचथर,ताप्लेजुङ, मोरङ, सुनसरी, तेह्रथुम लगायतका स्थानबाट समेत उपचारका लागि बिरामी आउने गरेको बताइएको छ । अस्पतालमा दैनिक चार सय बिरामी उपचारका लागि आउने गरेको प्रशासक बस्नेतले बताए ।

ट्रमा सेन्टरमा विकसित बिर्तासिटी

बिर्तामोड–१ मा रहेको पूर्ण–टुङ्ग बिर्ता सिटी अस्पताल ट्रमा सेन्टरको रुपमा विकसित भएको छ । ट्रमा सेन्टरका लागि अवश्यक पर्ने न्यूरो, अर्थोपेडिक, जेनरल र गाइनो सर्जनको सेवा उपलब्ध भएपछि अस्पताल ट्रमा सेन्टरको रुपमा समेत विकसित भएको अस्पतालका ब्यवस्था निर्देशक बस्नेतले जानकारी दिए ।

उनले भने– पहिला ट्रमाका बिरामीहरुको प्राथमिक उपचार मात्र गरिन्थ्यो भने, न्यूरो उपचार सेवा सञ्चालन भएपछि पूर्ण उपचार गर्न थालिएको छ । अब ट्रमासंग सम्बन्धित बिरामीहरुले अन्त कतै जानुपर्दैन –बस्नेतले भने ।

दिनहुँ जस्तो हुने सवारी दुर्घटना तथा अन्य स्पाइन्ल ईन्जुरी लगायतका बिरामीले अब अन्यत्र जानु नपर्ने बस्नेतले बताए । सर्वशुलभ दरमा उपचार गरिने भएकाले सबै बिरामीको पहुँच बिर्ता सिटीमा रहेको बताइएको छ ।

गत मंसीर २१ गते बिर्तामोड–८ का २२ वर्षीय भूपेन्द्र श्रेष्ठ डोजरले किचेर गम्भीर घाइते भएका थिए । उनलाई तत्काल बिर्ता सिटी अस्पताल ल्याइयो । मेरुदण्डको हड्डी भाँचिएको अवस्थामा उपचार सुरु गरेको ८ दिन पछि श्रेष्ठ आफैं हिँडेर घर फर्किएका थिए । स्पाइनल ईन्जुरी भएका ब्यक्तिको उपचार गरेर अरुको सहारा बिना नै हिँड्न सक्ने बनाएर अस्पतालले ट्रमा सम्बन्धि बिरामीको मन जित्न सफल भएको छ ।

2 COMMENTS

  1. धेरै राम्रो काम अनि सेवा । आगामी दिनहरुमा यसै गरि सबैको मन जित्न सकोस् बिर्तासिटी हस्पिटलले, धेरै धेरै शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here