मेचीनगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको छनौट सम्पन्न

0
509

बाहुनडाँगी,

मेचीनगरस्तरीय १२ औं राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि धुलाबारी माविले हात पारेको छ । मेचीनगर २ स्थित मेची जनसाधारण माविको खेलमैदानमा शनिबारबाट सुरु भई सोमबार समापन भएको सो प्रतियोगिताको उपाधि धुलाबारीले उछिनेको हो ।

तीन दिवशीय उक्त प्रतियोगितामा प्रथम स्थान हाँसिल गरेको धुलाबारीले खेलका विभिन्न विधामा गरी १९ वटा स्वर्ण पदक जित्दै ८० अंक बटुलेको छ । उपाधि विजेता टिम धुलाबारीलाई खेलाडीहरुलाई प्रमुख अतिथि मेचीनगर नगरपालिकाकी उपप्रमुख मीना उप्रेतीले शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिन् ।

मेचीनगर शिक्षा, युवा तथा खेलकुद शाखाले आयोजना गरेको सो प्रतियोगितामा द्धितीय बनेको हिमालयन एकाडेमीले ५ वटा स्वर्ण पदक प्राप्त गर्दै २४ अंक जोडेको छ ।

मेची जनसाधारण माविको संयोजनमा सम्पन्न उक्त प्रतियोगितामा तृतीय भएको इष्ट होराइजन अंग्रेजी आवाशिय माविले १५ अंक ल्याएको प्रतियोगिता समितिका सदस्य सचिव एवं मेची जनसाधारण माविका प्रधानाध्यापक चन्द्रशेखर गुरागाईंले बताए ।

उक्त प्रतियोगितामा ट्रयाकको २ सय मिटर दौड छात्रतर्फ बलभद्र जनता माविका सञ्जय गजमेर प्रथम, हिमालयन एकाडेमीका अशोक राजवंशी द्धितीय र मेची जनसाधारण माविका समिर राई तृतीय बने । छात्रातर्फ धुलाबारी माविकी प्राप्ति खरेल प्रथम, इष्ट होराइजन माविकी सावना राय द्धितीय र बाल कल्याण माविकी पार्वती गिरी तृतीय बनिन् ।

४ सय मिटर दौडको छात्रतर्फ कन्भेन्ट अंग्रेजी माविका आकाश साह प्रथम, माउण्ट पोइन्ट अंग्रेजी माविका भूपाल फागो द्धितीय र इष्ट होराइजन माविका निरक कार्की तृतीय भए । छात्रातर्फ धुलाबारी माविकी सन्ध्या शर्मा प्रथम, पवित्र माविकी रिजा तामाङ द्धितीय र सरस्वती माविकी कुशला विक तृतीय भईन् ।

१५ सय मिटर दौडको छात्रतर्फ धुलाबारी माविका अञ्जित दर्जी प्रथम, शहिद दशरथ चन्द माविका चोलुङ जवेगु द्धितीय र मेची जनसाधारण माविका अमृत गहतराज तृतीय बने ।

छात्रातर्फ धुलाबारी माविकी सलिना तामाङ प्रथम, मेची जनसाधारण माविकी अस्तिका राई द्धितीय र माउण्ट पोइन्ट अंग्रेजी माविकी निलिमा भूजेल तृतीय बनिन् । ५ हजार मिटर म्याराथन दौडको छात्रतर्फ धुलाबारी माविका अञ्जित दर्जी प्रथम, काँकरभिट्टा माविका पर्शु राई द्धितीय र पशुपति माविका अर्जुन बस्नेत तृतीय भए ।

छात्रातर्फ धुलाबारी माविकी भवानी कामती प्रथम, मेची जनसाधारण माविकी मेलिना राई द्धितीय र इष्ट होराइजन माविकी दृष्टि खड्का तृतीय भईन् । ४ गुणा १ सय मिटर रिलेको छात्रतर्फ हिमालयन एकाडेमी प्रथम, धुलाबारी मावि द्धितीय र इष्ट होराइजन मावि तृतीय बन्यो । छात्रातर्फ धुलाबारी मावि प्रथम, हिमालयन एकाडेमी द्धितीय र सरस्वती मावि तृतीय बन्यो ।

४ गुणा ४ सय मिटर रिलेको छात्रतर्फ धुलाबारी मावि प्रथम, हिमालयन एकाडेमी द्धितीय र मेची जनसाधारण मावि तृतीय बन्यो । छात्रातर्फ धुलाबारी मावि प्रथम, बाल कल्याण मावि द्धितीय र पवित्र मावि तृतीय भयो ।

त्यसैगरी, फिल्डतर्फ हाइजम्पको छात्रतर्फ माउण्ट पोइन्ट अंग्रेजी माविका समिर महरा प्रथम, युनाइटेड अंग्रेजी माविका रोशन भारती द्धितीय र मेची जनसाधारण माविका किरण गिरी तृतीय बने । छात्रातर्फ धुलाबारी माविकी भवानी कामती प्रथम, पवित्र माविकी प्रतिक्षा कटुवाल द्धितीय र हिमालयन एकाडेमीकी सुस्मिता मुखिया तृतीय बनिन् ।

ट्रिपल जम्पको छात्रतर्फ धुलाबारी माविका मुकेश चौधरी प्रथम, बलभद्र जनता माविका ऋतेश धिमाल द्धितीय र बाल कल्याण माविका रोशन चिमरिया तृतीय भए । छात्रातर्फ धुलाबारी माविकी प्राप्ति खरेल प्रथम, पवित्र माविकी रिजा तामाङ द्धितीय र इष्ट होराइजन माविकी सलिना दाहाल तृतीय भईन् ।

ज्याभलिन थ्रोको छात्रतर्फ शहिद दशरथ चन्द माविका लाजेहाङ थेवे प्रथम, धुलाबारी माविका अभिषेक राजवंशी द्धितीय र माउण्ट पोइन्ट अंग्रेजी माविका तागेरा लिम्बू बने ।

छात्रातर्फ धुलाबारी माविकी सलिना तामाङ प्रथम, पवित्र माविकी महिमा भण्डारी द्धितीय र बलभद्र जनता माविकी पुनम मेचे तृतीय बनिन् ।

कबड्डी छात्रतर्फ धुलाबारी मावि प्रथम र हिमालयन एकाडेमी द्धितीय तथा छात्रातर्फ धुलाबारी मावि प्रथम र बाल कल्याण मावि द्धितीय बन्यो । भलिबलको छात्रतर्फ हिमालयन एकाडेमी प्रथम र धुलाबारी मावि द्धितीय तथा छात्रातर्फ धुलाबारी मावि प्रथम र इष्ट होराइजन मावि द्धितीय बन्यो ।

कराते ४० केजी तौल समूह छात्रातर्फ आदर्श माविकी मानसी कार्की प्रथम, ४५ केजी छात्रातर्फ भानु माविकी झरना योगी प्रथम र ५० केजी छात्रातर्फ एभरेष्ट अंग्रेजी माविकी लुङ्मा इधिङ्गो प्रथम भईन् ।

३५ केजी छात्रतर्फ इष्ट होराइजन माविका शम्भू चौधरी प्रथम, ४२ केजी छात्रतर्फ भानु माविका पर्वत योगी प्रथम, ४७ केजी छात्रतर्फ कन्भेन्ट अंग्रेजी माविका साहिल घिमिरे प्रथम र ५२ केजी छात्रतर्फ नर्थ पोइन्ट अंग्रेजी माविका नवराज पाठक प्रथम बने ।

सो प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय स्थान हाँसिल गर्ने खेलाडी तथा टिमलाई प्रमुख अतिथि उप्रेती, विशिष्ट अतिथि मेचीनगर शिक्षा अधिकारी होमनाथ भण्डारी र मेचीनगर सामाजिक विकास समिति संयोजक एवं मेचीनगर ४ का वडा अध्यक्ष नवीन बरालले बधाई तथा शुभकामना दिँदै पुरस्कृत गरे ।

प्रतियोगिता समापन कार्यक्रममा मेचीनगर १ का वडा अध्यक्ष पासाङ तामाङ, जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष गणेशविक्रम नेम्बाङ, करातेका वरिष्ठ प्रशिक्षक कालु मेचे, नेपाल शिक्षक महासंघ मेचीनगर अध्यक्ष केशव पौडेल, महासंघ पूर्व जिल्ला अध्यक्ष तेजप्रसाद चौंलागाईं, महासंघ झापा सचिव तोयानाथ दाहाल, शिक्षक संघ नगर अध्यक्ष होमनाथ ढकाल, शिक्षक संगठन नगर अध्यक्ष लम्बोधर पौडेल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष भीमलाल काफ्ले, नेपाल प्याब्सन मेचीनगर अध्यक्ष भगिरथ राईलगायतको आतिथ्यता थियो ।

प्रतियोगिता सञ्चालन समिति संयोजक तथा कन्भेन्ट अंग्रेजी विद्यालयका प्रिन्सिपल विक्रम भेटवाल क्षेत्रीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन शिक्षक पुष्कर ढकालले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here