निर्माण सामग्री सहज रुपमा उपलब्ध गराउन माग गर्दै ज्ञापन पत्र

0
701

बिर्तामोड,
नदीजन्य सामग्री सहजरुपमा प्राप्त गर्न नसकेका कारण विकास निर्माणका कार्यमा समस्या भएको भन्दै निर्माण व्यवसायीले प्रमुख जिल्ला अधिकारी र जिल्ला समन्वय समिति झापालाई ज्ञापन पत्र बुझाएका छन् ।


निर्माण व्यवसायी संघ झापाका अध्यक्ष मिलनकुमार वस्नेतको नेतृत्वमा गएको टोलीले सोमवार प्रमुख जिल्ला अधिकारी उदयवहादुर राना मगर र जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेललाई ज्ञापन पत्र बुझाएको थियो । ज्ञापन पत्रमा सरकारी निकायमा नै स्पष्ट नीति नहुँदा प्रहरीले निर्माण व्यवसायीलाई दुःख दिने गरेको उल्लेख छ । जिल्लाका दुई खोला निन्दा र रतुवामा मात्रै नदी जन्य सामग्री निकाल्न खुल्ला गरेको र बाँकी खोलामा नदी जन्य सामग्री निकाल्दा अवरोध हुने गरेकाले निर्माण सामग्री सहज रुपमा उपलब्ध गराउन माग गर्दै ज्ञापन पत्र वुझाइएको छ ।

उपभोक्ता समितिलाई त्यही निर्माण सामग्री प्रयोगमा रोक नलगाउने तर निर्माण व्यवसायीलाई नदी जन्य सामग्री प्रयोगमा रोक लगाएको ज्ञापन पत्रमा उल्लेख छ । जिल्ला भरिका विकास निर्माणका काम गुणस्तर र समायानुकुल सम्पन्न गर्ने कार्यमा सहयोग पु¥याइदिन समेत आग्रह गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here