आगामी शैक्षिक सत्रबाट कक्षा ११ संगै गृहिणी शिक्षा पनि

1
773

बिर्तामोड, सरस्वती माध्यमिक विद्यालय बुट्टावारीको अध्यक्षमा पुनःराजुजंघ कन्दङ्वा चयन भएका छन् ।

विद्यालयमा आज बसेको वैठकले कन्दङ्वालाइ अध्यक्षमा चयन गरेको हो । विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य पदम सुन्दर कन्दङ्वाको अध्यक्षतामा बसेको बैठकले चन्दा दाता केदार गिरी र शिक्षा सेवी इन्द्रकला इजमलाई सदस्यमा मनोनयन गरेको छ ।

विद्यालयमा यस अघि भएको साधारण सभावाट चयन भएका सदस्यहरु मध्येवाट दुई सदस्यलाई मनोनयन गर्दै समितिलाई पूर्णता दिइएको थियो । यो संगै समितिको सदस्यहरुमा पदमसुन्दर कन्दङ्वा, गोपी राई,अनिता वराइली,सूर्यप्रसाद कन्दङ्वा( वडा अध्यक्ष),केदार गिरी, इन्द्रकला इजम, तोयानाथ काफ्ले, (शिक्षक प्रतिनिधि) र सदस्य सचिवमा प्रधानाध्यापक दीपक लुइँटेल रहेका छन् ।

वैठकले आगामी शैक्षिक सत्रबाट थप शिक्षाको गुणस्तर सुधार, कक्षा ११ सञ्चालन, गृहिणी शिक्षा समेत सञ्चालन गर्ने निर्णय गरेको छ ।

1 COMMENT

  1. युगेश लिम्बू(भुु.वि,सरस्वति मा वि,बिर्तामोड-५बुट्टाबारि,झाााा नेपाल)प

    तपाईं सु-कार्यकालको सुभकामनाको साथ साथै स्कुलको उत्तोर उत्तोर प्रगतिको कामना गर्दछु।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here