बिना भन्सारका तरकारी प्रहरीद्वारा बरामद

0
299

भद्रपुर।

भारतबाट आयातित बिषादियुक्त तरकारी तथा फलफूल भद्रपुर नाकाबाट बिना भन्सार भित्रिन थालेपछि वडा प्रहरी कार्यालय भद्रपुरले कडाइ गरेको छ ।

सीमामा खटिएका सशस्त्र प्रहरी र भन्सार कर्मचारीले तरकारी तथा फलफूल बिना भन्सार वा थोरै मूल्य बराबरको राजश्व लिएर छाड्न थालेपछि वडा प्रहरीले त्यसतर्फ सक्रियता बढाउँदै कडाइ गरेको हो ।

वडा प्रहरीले सोमबारसाँझ आलु र प्याज लोड गरिएको दुई वटा पिकअप नियन्त्रणमा लिएको छ । प्रहरीले भद्रपुर भन्सार कार्यालय अगाडिबाट लगिएका ती आलु र प्याज नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय भद्रपुरका प्रहरी निरीक्षक डम्बर पुरीले जानकारी दिए । प्रहरीका अनुसार मे १ज २२१८ नम्बरको पिकअपमा ४५ बोरा प्याज र मे१ज नम्बरको पिकअपमा ४५ बोरा आलु नियन्त्रणमा लिएको हो ।

‘कारोबारीले ती आलु र प्याज भारतको गलगलिया नाकाबाट भद्रपुर भित्राएको हो’– प्रहरी निरीक्षक पुरीले भने– ‘१० बोरा आलु र २१ बोरा प्याजको मात्र भन्सार तिरेको प्रज्ञापनपत्रमा उल्लेख छ, भन्सार प्रज्ञापनपत्र तिरेको भन्दा बढी आलु र प्याज पिकअपमा लोड गरिएको भेटिएकोले नियन्त्रणमा लिएका हौं ।’

कारोबारी मोना सिंह बिर्तामोडले २१ बोरा प्याज र चिन्टु बिर्तामोडले १० बोराको प्रज्ञापनपत्र काटेको पत्रमा उल्लेख छ । त्यसैगरी बिना भन्सार बिर्तामोड लैजान लागेको ४६ बोरा तरकारी समेत नियन्त्रणमा लिएको प्रहरी निरीक्षक पुरीले बताए ।

पिकअप कालो प्लेट भएकोले छाडिएको र प्याज, आलु र तरकारी आवश्यक कारवाहीका लागि मंगलबार भद्रपुर भन्सार कार्यालय बुझाउने उनले बताए ।

बिना भन्सारको तरकारी लान चालकले मानेन

वडा प्रहरीले पिकअप भ्यान नियन्त्रणमा लिएपछि पिकअप चालकले बिना भन्सार तरकारी र फलफूल लान छाडेको पाइएको छ ।

कारोबारीले थोरै तरकारी तथा फलफूलको भन्सार तिरेर धेरै परिमाणमा लान खोज्दा नमानेको चालकले बताएका छन् । यसैक्रममा मे१ज २४०३ नम्बरको पिकअपमा लोड गरिएको ४६ बोरा तरकारीमध्ये १५ बोराको मात्र भन्सार प्रज्ञापनपत्र चालकले देखेपछि सबै सामान अनलोड गरिएको स्थानीय बताउँछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here