हाम्रो नेपाल र विकल्प सहकारीबीच एकीकरण

0
947

गौरादह।

बिर्तामोडमा रहेको हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था र गौरादहमा रहेको विकल्प उपभोक्ता सहकारी संस्थाबीच एकीकरण भएको छ ।

एकीकरणपछि संस्थाको नाम हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था कायम गरिएको छ भने सोही संस्थामा आबद्व पदाधिकारीहरूलाई साधारणसभाले अनुमोदन गरेको छ । संस्था एकीकरणपछि विकल्प उपभोक्ता सहकारी संस्थाका ११ जना सञ्चालक समिति सदस्य र तीन जना लेखा समिति सदस्यलाई सम्मानसहित विदाइ गरिएको छ ।

दुबै सहकारी संस्था एकीकरणपछि संस्थाको शेयर सदस्य नौ हजार तीन सय ६७ जना, शेयर पुँजी छ करोड ८० लाख रहेको संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालले बताए । संस्थाका अध्यक्ष दंगालको अध्यक्षता तथा राष्ट्रिय सहकारी महासंघ अध्यक्ष मीनराज कँँडेलको प्रमुख आतिथ्यमा घोषणा सभा भएको थियो ।

संस्थाको हालसम्म १५ वटा सेवाकेन्द्र रहेको र एकीकरणपछि गौरादहमा १६आंै सेवाकेन्द्रको रूपमा कार्यालय सञ्चालन गरिने कार्यक्रममा जानकारी दिइयो । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघ उपाध्यक्ष रमेश पोख्रेल, शुभलक्ष्मी सहकारी संस्थाका सचिव राजु घिमिरे, पूर्व नेपाल बहुउद्देश्य सहकारी संस्थाका अध्यक्ष प्रेम सापकोटा र गौरादह बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख भोजराज दाहाल, पत्रकार गोपाल काफ्ले लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाका उपाध्यक्ष पृथ्वी ओलीले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहकारी एकीकरण कार्यक्रमका संयोजक डण्डीराज घिमिरेले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here