एमिटीको १६औं वार्षिकोत्सव

0
699

बिर्तामोड।

बिर्तामोड–५ मा रहेको एमिटी एजुकेशन फाउण्डेशनको १६औं वार्षिकोत्सव सम्पन्न भएको छ ।

विद्यालयका प्रिन्सिपल राधेश्याम ढकालको अध्यक्षता तथा संविधानसभा सदस्य मनकुमार गौतमको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा भाइस प्रिन्सिपल उत्तम पराजुलीले स्वागत गरेका थिए ।
प्राज्ञसभा सदस्य सुभद्रा भट्टराईले शुभकामना मन्तव्य राखेको कार्यक्रममा प्रिन्सिपल राधेश्याम ढकालले विद्यालयको गतिविधि र भावी कार्यक्रमसहितको प्रतिवेदन प्रस्तुत गरेका थिए ।

कार्यक्रममा कक्षा नर्सरीदेखि ९ सम्म प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीलाई पुरस्कार प्रदान गरिएको थियो भने सबैभन्दा धेरै उपस्थिति हुने विद्यार्थी शिशिर प्रधान, बेष्ट प्रफमेन्स स्टुडेन्ट निश्चल भण्डारी, एरिका ओलीलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा वर्ष शिक्षाको रुपमा हिमांशी मल्लिक, शिल्पा आले र प्रतिमा संग्रौलालाई पुरस्कृत गएिको थियो भने संगीत शिक्षक हेरी आर्डी, मार्शस आर्ट प्रशिक्षक सञ्जित मोहोली, नृत्य प्रशिक्षक विक्रम गेलाल, योगा प्रशिक्षक डा. रमेश पोखरेललाई सम्मान गरिएको थियो ।

त्यस्तै हालै निधन भएका विद्यालयका संस्थापक तथा प्रिन्सिपल सीताराम ढकालको स्मृतिमा स्थापित सीताराम ढकाल स्मृति पुरस्कारबाट विद्यार्थी सुजन केरुङ र कुमार खड्का स्मृति पुरस्कारबाट रोशन मोहलीलाई पुरस्कृत गरिएको थियो ।

त्यस्तै वर्ष अभिभावकको रुपमा मुक्तिनाथ अधिकारी, सावित्रा अधिकारी, देवीप्रसाद मैनाली, नरमाया मैनाली, कृष्णप्रसाद अधिकारी, भावना अधिकारीलाई पुरस्कृत गरिएको थियो भने उत्कृष्ट कर्मचारीको रुपमा चन्द्रमाया थापालाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा विद्यार्थीहरुले गीत, नृत्य, योगा, फेशन सो र मार्सल आर्ट लगायत प्रस्तुत गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक गणेशप्रकाश आचार्य र केपी खतिवडाले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here