दिपजनको १३ वार्षिकोत्सब सम्पन्न

६ फाल्गुन २०७६, मंगलवार मा प्रकाशित

बिर्तामोड।

बाह्रदशी गाउँपालिका – ६ डाँगीवारीमा रहेको दिपजन अंग्रेजी बोर्डिङ माध्यमिक विद्यालयले १३ औं वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाएको छ ।

गाउँपालिका अध्यक्ष खड्गप्रसाद राजवंशीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेपालका चर्चित हास्य कलाकार मनोज गजुरेलको विशेष प्रस्तुति रहेको थियो ।

विद्यालयका संस्थापक निर्देशक देवेन्द्रप्रसाद चम्लगाईको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान पु¥याउने व्यक्तित्सहरु गोविन्द प्रसाद उप्रेती, खेमराज खरेल र वुधु राजवंशीलाई सम्मान गरिएको थियो । सामुदायिक विद्यालयमा लामो समय कार्यरत भएर शिक्षाको क्षेत्रमा महत्वपूर्णा भूमिका निर्वाह गरेको भन्दै अवकास पछि उनीहरुलाई सम्मान गरिएको विद्यालयका प्रिन्सिपल लक्ष्मी उप्रेतीले जानकारी दिए ।

सामुदायिक विद्यालयका विद्यार्थीलाई कार्यक्रमकैबीच पोशाक समेत वितरण गरिएको थियो । गौरीशंकर , फूलवारी, पञ्चमणि, पशुपछि, जनविकास र जनज्योति सामुदायिक विद्यालयमा अध्ययनरत गरीब तथा जेहन्दार विद्यार्थीहरु एक ÷ एक जना विद्यार्थीलाई सम्मान स्वरुप पोशाक वितरण गरिएको थियो ।

यता उत्कृष्ठ अंक ल्याउने विद्यार्थीलाई नगद सहित पुरस्कृत गरिएको थियो । कक्षा ८ मा ४ जीपीए ल्याउने सुप्रिम कार्की र माधवी कडेललाई नगद ५ ÷५ हजार रुपैयाँ प्रदान गरिएको थियो भने एसइइमा उत्कृष्ठ अंक ल्याउने ९ जना विद्यार्थीलाई नगद ५÷५ हजार रुपैयाँ प्रदान गरिएको थियो । कक्षा ११ र कक्षा १२ मा अध्ययनरत एक एक जना विद्यार्थीलाई समेत नगद दश÷दश हजार रुपैयाँ प्रदान गर्दै प्रढाई प्रति प्रोत्साहन गरिएको कार्यक्रममा जानकारी गराइएको छ ।

कक्षा ११ मा अध्ययनरत विद्यार्थी गरीमा कडेलले स्वागत गरेको कार्यक्रममा सम्मानित शिक्षक वुधु राजवंशी, वाह्रदशी गाउँपालिका शिक्षा शाखा प्रमुख ज्ञानवहादुर पौडेल, गाउँपालिकाका प्रशासकीय अधिकृत राजेन्द्रप्रसाद दाहाल, उपाध्यक्ष रत्नाकुमारी राजवंशी, प्याप्सन झापाका अध्यष एलपी उप्रेती, लगायततले शुभकामना मन्तव्य राखेका थिए ।

विद्यालयको शैक्षिक गतिविधिका विषयमा प्रिन्सिपल लक्ष्मी उप्रेतीले प्रकाश पारेको कार्यक्रममा विद्यार्थीहरुले सास्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

कार्यक्रम विद्यालयका शिक्षक मनोहरी त्रिताल तथा विद्यार्थीहरु रश्मी भुजेल र मुना कडेलले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here