आर्मी अन्तिम चारमा

0
924

विनोद सापकोटा

झापा, झापाको शिवसताक्षीमा जारी तेश्रो संस्करणको सताक्षी गोल्डकपको मंगलवारको खेलमा त्रिभुवन आर्मी प्रतियोगिताको अन्तिम चारमा प्रवेस गरेको छ । दार्जेलिङ्गको एम एफ सि क्लब संग २—१ को कठिन जित निकाल्दै त्रिभुवन आर्मी उपाधी होडमा उक्लिएको हो ।


झिलझिलेको गणेशमानसिंह अध्ययन प्रतिष्ठानको खेल मैदानमा जारी मंगलबार खेलमा दार्जि्लिङको मानेभञ्ज्याङ एफसीलाई स्तब्ध पार्दै आर्मीले बाजी मारेको हो । आर्मीका टेकबहादुर बुढाथोकीको दुई गोलमा आर्मी अन्तिम चारमा प्रवेश गरेको हो । यसअघि खेलको छैटौँ मिनेटमा पहिलो गोल गर्दै बुढाथोकीले टिमलाई १—०को अग्रता दिलाएका थिए ।
आर्मीको पहिलो हाफको अग्रतालाई रोक्दै मानेभञ्ज्याङले खेलको ४७ औँ मिनेटमा गोल गर्दै गोल स्कोर समान बनायो । मानेभञ्ज्याङका रैकेत बुअमले प्रहार गरेको गोलले त्रिभुवन आर्मीको गोल पोष्ट चुमेको थियो । उनको गोल उत्कृष्ट फ्रिकिक भएको प्याराफिटमा रहेका दर्सकले वताए ।

खेलको वरावरी धेरैवेर टिक्न भने सकेन । ईन्जुरी समयमा त्रिभुवन आर्मीका तर्फवाट पुर्व गोलकर्ता टेकवहादुर वुढाथोकीले क्रस पासलाई सिधै गोल पोष्टको दिसा दिलाएर गोल गरे । बुढाथोकीकै गोलमा त्रिभुवन आर्मीले जित हात पारेको हो ।
खेलको म्यान अफ दि म्याच आर्मीका सेसेहाङ आङ्दाम्बे घोषित भए । उने नगद १० हजार रुपैयाँ प्राप्त गरे । सतासीधाम स्पोर्टिङ क्लबल आयोजना गरेको प्रतियोगिताका विजेताले ६ लाख नगद पाउनेछ भने उपविजेताले ३ लाख पाउनेछ ।
भोली वुधबारको खेल मछिन्द्र क्लव काठमाण्डौ र गोर्खा बोईज रुपन्देहि विच हुने आयोजक समितिका संचार संयोजक योगेन लावतीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here