एलजीको मेची महाकाली रोड सो झापाको काँकरभिट्टामा

0
1041

काँकरभिट्टा ।

चौधरी ग्रुपका उत्पादनलाई उपभोक्तामैत्री बनाउने उद्देश्यले चौधरी ग्रुप अन्तर्गतको एलजीको मेची महाकाली रोड सो कार्यक्रम मंगलबार झापाको काँकरभिट्टा आइपुगेको छ ।

काँकरभिट्टास्थित एलजीको आधिकारीक विक्रेता सयपत्री नेपाल परिसरमा आयोजित रोड सो मा यस कम्पनिबाट उत्पादन भएका घरायशी सामानका बारेमा उपभोक्ताहरुलाई जानकारी गराउनुका साथै प्रयोगका बारेमा अभ्यास समेत गराइएको थियो । रोड सो मा एलजी इनोभेटिभ प्रोडक्शनको डिस्प्ले गरिएको थियो भने वासिङ मेशीन, टेलिभिजन, एसी, साउण्ड सिष्टम आर्कषकका रुपमा राखिएको थियो ।

चौधरी ग्रुपले मेची महाकाली रोड सो योजना अन्तर्गत आफ्ना उत्पादन खरिदमा आर्कषक छुटको व्यवस्था गरेको कार्यक्रम संयोजक भोगेन्द्र चौधरीले जानकारी दिए । रोड सो मा चौधरी ग्रुपका उत्पादन वासिङ मेशीन, टेलिभिजन, एसी, साउण्ड सिष्टमका साथै एलजीको नयाँ ट्विन वासका बारेमा उपभोक्ताहरुलाई जानकारी गराइएको थियो ।

वासिङ मेशीन जसमा २ ठाउँमा एकपटक वासर तथा डाएर मोडलमा लुगा धुनुको साथै यसको प्रयोगमा उपभोक्तालाई प्रशिक्षण दिइएको थियो । कार्यक्रममा प्रत्यक्ष डेमो पनि राखिएको थियो । पुस १० गते देखि भक्तपुरबाट शुरु भएको यो कार्यक्रम पहिलो चरणमा पोखरा, बुटवल, धनगढी, नेपालगञ्ज वीरेन्द्रनगर हुदै महेन्द्रनगर पुगेर समापन भएको थियो ।

दोस्रो चरणमा हेटौडाबाट अभियान शुरु गरिएको र कोशी पुर्व काँकरभिट्टा सयपत्री नेपालमा यो कार्यक्रम गरिएको हो । यसको पहिलो लक्ष्य चौधरी ग्रुपका उत्पादन हरेक उपभोक्ता समक्ष पुर्याउनु र ‘प्रमोसन’ गर्नु नै हो एलजीका वरिष्ठ प्रवन्धक पुरुषोत्तम भण्डारीले भने —‘अब एलसीका घरायसी समानमात्र वेच्ने हाम्रो उद्देश्य होइन ती वस्तुको प्रयोगका बारेमा उपभोक्तालाई सहज र सरलरुपमा प्रयोग गर्न दक्ष बनाउनु पनि हो । ’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here