तेश्रो एभरेष्टकप अन्तरविद्यालय फुटवल प्रतियोगिता शुरु

0
667

बिर्तामोड ।

झापाको बिर्तामोड ६ वुट्टावारीस्थित एभरेष्ट स्मार्ट एजुकेशन एकेडेमीको आयोजनामा मंगलवारवाट तेश्रो एभरेष्ट कप अन्तरविद्यालय फुटवल प्रतियोगिता शुरु भएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवी गिरीको अध्यक्षता तथा संविधान सभा सदस्य मनकुमार गौतमको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा न्यूटन्स एजुकेशन एकेडेमीका निमित्त प्रिन्सिपल देवेन्द्र हुमागाँईले स्वागत गरेका थिए ।
कार्यक्रममा संविधान सभा सदस्य गौतमले शिक्षासेवी हरिकुमार प्रसाईंले एभरेष्ट स्मार्ट एजुकेशन एकेडेमी स्थापना गरेर बिर्तामोड ६ को मात्र नभएर झापाकै शैक्षिक क्षेत्रमा उल्लेखनिय योगदान दिएको बताए ।

त्यस्तै बिर्तामोड ६ का वडाध्यक्ष सूर्य कन्दङ्वाले विद्यार्थीलाई कितावी शिक्षा मात्र नदिएर व्यवहारिक शिक्षा दिनुपर्ने बताए । उनले एभरेष्ट स्मार्ट एजुकेशन एकेडेमीले बिर्तामोड ६ को गरिमा वढाएको बताउँदै विद्यार्थीलाई खेलकुदमा अव्वल वनाउन एभरेष्ट कप भरपर्दो माध्यम हुने बताए ।

कार्यक्रममा एभरेष्ट स्मार्ट एजुकेशन एकेडेमीका म्यानेजिङ डाइरेक्टर आशिष प्रसाईंले मोफसलमा रहेका निजी विद्यालयहरु वीच सामिप्यता बढाउनुका साथै विद्यार्थीहरुलाई खेलकुदमा प्रोत्साहन दिँदै दक्ष खेलाडी उत्पादन गर्ने उद्धेश्यले फुटबल प्रतियोगिताको आयोजना गरिएको बताए ।

उनले २०७४ सालदेखि एभरेष्ट कप अन्तरविद्यालय फुटवल प्रतियोगिता शुरु गरेको बताउँदै तेश्रो एभरेष्ट कप अन्तरविद्यालय फुटवल प्रतियोगितामा झापाका १८ वटा निजी विद्यालयका खेलाडीहरुको सहभागिता रहेकोे जानकारी दिए ।

यसैवीच मंगलवार एभरेष्ट स्मार्ट एजुकेशन एकेडेमी र लिटलफ्लावर्स इङ्लिस स्कूल र ग्लोरी इङ्लिस स्कूल र विभूती विद्या मन्दिरवीच प्रतियोगिता सम्पन्न भएको न्यूटन्स एजुकेशन एकेडेमीका निमित्त प्रिन्सिपल देवेन्द्र हुमागाँईले जानकारी दिए ।

एभरेष्ट स्मार्ट एजुकेशन एकेडेमी र लिटलफ्लावर्स इङ्लिस स्कूलवीच भएको पहिलो खेलमा शून्यका विरुद्ध ३ गोल गर्दै लिटलफ्लावर्स इङ्लिस स्कूल विजयी भएको छ भने म्यान अफ द म्याच लिटलफ्लावर्सका देवर्षि राई घोषित भएको विद्यालयका लेखापाल प्रकाश पाठकले जानकारी दिए ।

त्यस्तै ग्लोरी इङ्लिस स्कूल र विभूती विद्या मन्दिरवीच भएको दोस्रो खेलमा टाइव्रेकरमा २ का विरुद्ध ३ गोल गर्दै विभूती विद्या मन्दिर विजयी भएको छ भने म्यान अफ द म्याच विभूतिका संगम रार्ई घोषित भएको उनले वताए ।

प्रतियोगिता अन्तर्गत बुधवार एभरेष्ट भ्यू वोर्डिङ स्कूल र गोमेन्द्र विर्तामोडल इङ्लिस स्कूलवीच , हिमाली एजुकेशन फाउण्डेशन र सेम्पल इङ्लिस वोर्डिङ स्कूलवीच र वाल्मीकि एजुकेशन फाउण्डेशन र कञ्चनजंघा अंग्रेजी माविवीच खेल हुने विद्यालयका लेखापाल प्रकाश पाठकले जानकारी दिए ।

आगामी फागुन १४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता तथा उपविजेता विद्यालयलाई ट्रफी मेडल तथा प्रमाणपत्र प्रदान गरिने न्यूटन्स एजुकेशन एकेडेमीका निमित्त प्रिन्सिपल देवेन्द्र हुमागाँईले जानकारी दिए ।

उनले खेल अवधिभर सर्वा्धिक गोल गर्ने खेलाडीलाई ‘गोल्डेन बुट’ प्रदान गरिने बताउँदै हरेक खेलमा ‘म्यान अफ द म्याच’ को पुरस्कार प्रदान गरिने बताउँदै उनले बेष्ट डिफेन्स अफ द टुर्नामेन्ट, बेष्ट गोलकिपर अफ द टुर्नामेन्ट’, ‘बेष्ट स्ट्राइकर अफ द टुर्नामेन्ट’, ‘राइजिङ स्टार अफ द टुर्नामेन्ट’, ‘बेष्ट मिडफिल्डर अफ द टुर्नामेन्ट’, ‘बेष्ट फरवार्ड अफ द टुर्नामेन्ट’, ‘बेष्ट कोच’ तथा ‘बेष्ट म्यानेजर’ लाई समेत पुरस्कार प्रदान गरिने जानकारी दिए ।
कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक शिव वराइलीले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here