सुरुङगाबाट अबैध काठसहित पिकअप नियन्त्रणमा

0
665

झापा ।

झापाको कन्काई नगरपालिका वडा नं ३ स्थित सुरुङगाबाट प्रहरीले अबैध काठसहित पिकअप नियन्त्रणमा लिएको छ ।

कन्काइ सब डिभिजन बन कार्यालय सुरुङगाको बिशेष सुराकीका आधारमा इलाका प्रहरी कार्यालय सुरुङ्गा र ट्राफिक प्रहरी पोष्ट सुरुङगाबाट खटिएको प्रहरी टोलीले चेक जाँचका क्रममा को १ च ६४०४ नं को पिकअप गाडीमा लोड गरी अबैध रुपमा लैजादै गरेको सखुवा जातको ४६ क्यु. बि. काठ फेला पारेको हो ।

सो काठ, पिकअप र पिकअप चालक झापा गौरादह ५ का ३६ बर्षिय देब थापालाई नियन्त्रणमा लिएको हो । बरामद काठ, पिक अप र चालक थापालाई आवश्यक कार्बाहीको लागि कन्काइ सब डिभिजन बन कार्यालय सुरुङगामा बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

त्यसैगरी झापा बुद्धशान्ति गा.पा. ३ स्थित हडिया खोलाको बगरमा इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा सखुवा जातको ११ क्यु फिट काठ बरामद गरेको जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here