स्तन क्यान्सर जाँच्न पूर्वाञ्चल क्यान्सर अस्पतालमा मेमोग्राम

0
907

बिर्तामोड ।

स्तन क्यान्सरले भयावह अवस्था आउँन सक्ने भन्दै महिलाको स्वास्थ्यलाई ध्यानमा राखेर पूर्वाञ्चल क्यान्सर अस्पतालले नेपालमा नै पहिलो पटक थ्री डी अटोमेटिक मेमो ग्राम मेसिन ल्याएर उपचार शुरु गरेको छ ।

फिनल्याण्डबाट आएका प्राविधिक तापियोले मंगलबार बिर्तामोड स्थित क्यान्सर अस्पतालमा भएको पत्रकार सम्मेलनमा बोल्दै यो मेसिन नेपालमा पहिलो भएको उल्लेख गरे । उनले महिलाहरुको स्तनमा क्यान्सर भए नभएको मेसिनले पत्ता लगाउन सक्ने बताए । यो मेसिन आएसंगै अब छामेर गाँठो आएको अवस्थामा मात्रै क्यान्सर भएको पत्ता लाग्ने नभएर मेसिनले खुल्ला आँखाले नदेख्ने गाँठो समेत पत्ता लगाउन सक्ने बताए ।

क्यान्सर अस्पताललाई पूर्ण रुपमा विश्व स्तरीय बनाउन सबै प्रकारका उपकरणहरु भित्र्याउने पूर्वाञ्चल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले बताए । पाँच करोड रुपैंयाको लागतमा थ्री डी अटोमेटिक मेमो ग्राम मेसिन ल्याएको प्रसाईले जानकारी दिए । अब स्तान क्यान्सर भएर कसैले पनि अकालमा नै ज्यान गुमाउने पर्ने अवस्थाको अन्त्य हुने बताइएको छ । पत्रकार सम्मेलनमा बोल्दै क्यान्सर रोग विशेषज्ञ डाक्टर वीरेन्द्रकुमार यादवले थ्री डी अटोमेटिक मेमो ग्राम मेसिनले महिलाको स्तनको क्यान्सर भए नभएको पत्ता लगाउन सक्ने बताए ।

उनले सबै महिलाहरुलाई एक पटक स्तन क्यान्सर भए नभएको जाँच गराउन आग्रह गरे । स्तनको स्क्रिनीङ्ग गरेपछि क्यानसरको लक्षण भए नभएको देखिने डाक्टर यादवले जानकारी दिए । उनले दुई हजार रुपैंया खर्च गर्दा स्तन क्यान्सर भए नभएको पत्ता लाग्ने भन्दै बेलैमा स्तनको जाँच गराउन आग्रह गरे । उनले भने– स्तन क्यान्सरका कारण धेरै अकालमा नै ज्यान गुमाउनु परिरहेको अवस्थामा दुई हजार तिर्दैमा क्यानसर रोग पत्ता लगाउन सकिन्छ भने किन ढिला गर्ने ?

उनले पुरुषहरुलाई महिलाको स्तन जाँच गराएर सबैमा लाखौं खर्च हुनबाट जोगिन सुझाव दिए । थ्री डी अटोमेटिक मेमो ग्रामबाट सेवा सुरु गरेसंगै मंगलबार मात्रै २५ बढी महिलाले स्तन क्यानसर भए नभएको जाँच गराएका छन् । सयमा आठ जनामा स्तन क्यान्सर देखिने गरेको भन्दै डाक्टर यादवले सबैलाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन आग्रह गरे ।

क्यान्सर अस्पताल सञ्चालनमा आएसंगै प्रदेश–१ का झापासहित इलाम, पाँचथर, ताप्लेजुङ,मोरङ,सुनसरी, धनकुटा लगायतका जिल्ला मात्रै होइन् पश्चिमका सिन्धुली लगायतका जिल्लाबाट समेत क्यान्सर रोगीहरु उपचारका लागि पूर्वाञ्चल क्यान्सर अस्पताल आउन थालेको जनसम्पर्क अधिकारी प्रमिश गिरीले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here