प्रजातन्त्र दिवस हिजो र आज

७ फाल्गुन २०७६, बुधबार मा प्रकाशित

कृष्णप्रसाद ढकाल,

अहिले मुलुकमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र धेरै तन्त्र भएको र सबैको प्राप्तिमा संघर्ष जोडिएकाले कुनलाई प्रजातन्त्र भन्ने बारेमा द्विविधा हुन खोज्छ, तथापि निरंकुश राणाशासनविरुद्धको आन्दोलनको सफलता नै प्रजातन्त्रको प्राप्ति मानिएकाले यहाँ यसैबारेमा चर्चा गरिएको छ । दूरदर्शी राष्ट्रनिर्माता पृथ्वीनारायण शाहले टुत्रैm–टुक्रामा लथालिङ्ग रहेको यो पावन भूमिलाई अति दुःखले एकसूत्रमा जोडेका थिए । पछिका उत्तराधिकारीहरु अदूरदर्शी हुँदा बिग्रिएको राजनीतिक अवस्थाबाट फाइदा उठाउँदै २९ बर्षीय युवा जंगबहादुर राणाले कोतपर्व र भण्डारखाल पर्वको नाममा भारदारहरुको नृशंष हत्याकाण्ड मच्चाउन पाए र त्यसको तीन दिनमै कमाण्डर इन चिफ र प्राइमिनिष्टर जस्तो राजनीतिको उपल्लो पद हत्याए ।

त्यसपछि समयान्तरमा शासन सत्ता भाइ–छोरामा जाने ब्नलभत क्थकतझ लागू गरे । कानूनभन्दा आफूलाई माथि ठान्ने राणाहरुको यो पद्धतिमा काकापछि दाजुु मरेर मात्र प्रधानमन्त्री पद पाइने हुँदा देश विकास गर्ने हिम्मत र जोस–जाँगर सकिएको बुढ्यौलीले गाँजी सकेको अवस्था हुन्थ्यो । अब सकिने भनेको ढुक्कसँग भोगविलास थियो, जसमा लिप्त हुनाले अनेक वैध–अवैध सन्तानहरु हुन्थे । जुद्ध शम्सेरका २५ जना रानी, अठार छोराहरु र १२ जना छोरीहरु थिए । परिवार ठूलो भएकाले धन सञ्चयसँगै र छोराहरुलाई कर्नेल र जर्नेल पद बाँड्थे । त्यसैमा इष्टइण्डिया कम्पनीका परराष्ट्र सचिव सर ओलाफकारोले यिनलाई बदमास बुढा, कामुक र धेरै सन्तानका पिता राष्ट्रिय सम्पत्तिको प्रयोग आफ्ना सन्तानका लागि गर्ने भनी यिनको खुब आलोचना गरेका थिए ।

श्री ३ चन्द्र शम्सेरले सबै राणाहरुलाई ए, बी र सी गरी तीन वर्गमा बाँडी दिए । आफ्नै जातकी विवाहिता पत्नीबाट जन्मेको सन्तान ‘ए’ वर्गमा, अर्कै जातकी विवाहिता पत्नीबाट जन्मेको सन्तान ‘बी’ वर्गमा र ल्याइते स्वास्नीबाट जन्मेको सन्तान ‘सी’ वर्गमा पारिदिए । चन्द्र शम्सेरका ‘ग’ वर्गमा पर्ने एक छोरा मात्र थिए भने भीम शम्सेर र जुद्ध शम्सेरका ‘ग’ वर्गमा पर्ने धेरै सन्तानहरु थिए र उमेरका जेठा पनि थिए । आफ्नो छोराको स्थान बलियो बनाउन बिभाजन गरेको भन्ने पछि खुल्यो । यो विभाजनले राणा परिवारभित्र घृणा र तिरस्कार बढाएकाले पछि सुवर्ण शम्सेर र महावीर शम्सेरहरुले प्रजातान्त्रिक कांग्रेसको स्थापना गरी आन्दोलनमा सहभागी भए ।

आफू बस्नलाई घर निर्माण, भ्रष्टाचार र भोगबिलास बाहेक शिक्षा, स्वास्थ्य, विकास कतै ध्यान नदिने निरंकुश राणाशासनको अन्त्यका लागि नेपाली जनताले जीवन जोखिममा पारेर कष्ट र विपत्तीहरु झेल्दै, शहीद हुन परे पनि प्रजातन्त्र ल्याएरै छाड्ने अठोट लिएर शिक्षित नेपाली युवाहरुले क्रमशः महावीर स्कूल, नेपाली नागरिक अधिकार समिति, नेपाल प्रजापरिषद् लगायत बिभिन्न संघ–संस्थाहरुको स्थापना गर्दै राणाशासनविरुद्धमा आन्दोलन चर्काउन थाले । काठमाडौं कमलपोखरीका बलदेव हजाम दरबारमा दाह्री खौरन जाँन्थे र राजालाई यी वस्तुस्थितिबारे जानकारी गराउँथे । राजा त्रिभूवनले राजदरबारको सेवामा रहेकी जर्मननर्स यिरीकाल्यूचटेग अनि मिठाई र पाउरोटी बिक्रेता बिएल शर्मा मार्पmत भारतीय राजदूतसँग पनि सम्पर्क बढाएका थिए । राजदूतले भारत सरकारको सहमतिमा दूतावास रक्षाका लागि भारतबाट हजाम, धोबी बगैंचे आदिका भेषमा प्रशस्त सेना काठमाडौंमा झिकाएका थिए ।

सबै परिस्थिति बारेमा जानकारी पाइसकेपछि २००७ कात्तिक २१ गते उपत्यकामा हुस्सु लागेको थियो, बिहान ८.३० बजे वनभोजका लागि भनेर दरबारबाट १२ जनासहितको चार वटा कारहरु निस्के, जसमा राजा त्रिभुवन दुई बडामहारानीहरु, तीन जना छोराहरु, दुईवटी बुहारी, एक जेठा नाति (वीरेन्द्र वीरविक्रम शाहदेव) दुई छोरी र हजुरिया कर्णेल नारायणसिंह राणा थिए । राजा त्रिभुवनले सबभन्दा अगाडिको कार चलाइरहेका हुनाले सिँधै भारतीय दूतावास रहेको ठाउँ शीतल निवासतर्पm बढाउँदा हजुरिया कर्णेल नारायणसिंह राणाले बाटो बिर्सिबक्सेछ भनेर सम्झाउन खोज्दा, राजाले घाँटीमा पेस्तौल राखिदिएकाले यिनको बोली हरायो । त्यसपछि चारैवटा कारहरु भारतीय दूतावासमा प्रवेश गरे । भारतीय राजदूत चन्देश्वरप्रसाद नारायण सिंहले स्वागत गरेका थिए ।

राजपरिवार भारतीय दूतावासमा शरण लिएको सुनेर श्री ३ महाराज मोहन शम्सेरले फर्काउन निकै प्रयास गरे, तर सकेनन् । भोलिपल्ट मङ्गलबार २.४५ बजे ४ बर्षका नाबालग ज्ञानेन्द्र शाहलाई हनुमान ढोका नासल चोकको राजगद्दीमा राखे । राजा बनाउने हतारमा श्री ५ को श्रीपेच नभेटेकाले श्री ३ कै श्रीपेच लगाई राजा घोषित गरेका थिए । यो राज्याभिषेकलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन तात्कालीन नेपालस्थित बेलायतका राजदूत जर्जफाल्कनर (न्भयचनभ ाबअियलभच)लाई आफ्नो पक्षमा पारे, पाकिस्तान रेडियोले भारतद्वारा श्री ५ त्रिभुवनलाई अपहरण गरियो भनी समाचार प्रशारित ग¥यो, तर भारत सरकारले श्री ५ त्रिभुवनले राजगद्दी त्याग नगरेकाले अहिले भइरहेको राजनीतिक परिवर्तनलाई मान्यता नदिने घोषणा गरेकाले मोहन शम्सेरको अप्ठ्यारो बढ्यो, अन्य मुलुकहरुले पनि मान्यता दिन चाहेनन् ।

त्यसपछि भारतीय समाजवादी नेता जयप्रकाश नारायणको सहयोगमा बर्मा सरकारबाट महावीर शम्सेरको ‘हिमालयन एभिएसन कम्पनी’को ‘दकोटा विमान’बाट हात–हतियार ल्याई पटनामा देवेन्द्रप्रसाद सिंहको घरमा राखियो । बर्मा बाहेक काश्मिरको शेख अब्दुल्लाको सरकारबाट पनि केही बन्दुक (ीभभ(भ्लाष्भमि चषभिक) र गोली–गठ्ठा ल्याइए । त्यस लगत्तै हिमालयन एभिएसन कम्पनीको हवाईजहाजले ‘हाम्रो आन्दोलन आजदेखि नेपाल अधिराज्यभरि शुरु हुन्छ’ भनी काठमाडौंमा राणा विरोधी पर्चा छर्न थाल्यो । त्यसको एकदिनपछि ११ नोभेम्बरको दिन १२.३० बजे श्री ५ त्रिभुवन भारतीय वायुसेनाको विमानद्वारा सपरिवार दिल्ली पुगे । दिल्ली विमानस्थलमा प्रधानमन्त्री जवाहरलाल नेहरु र मन्त्रीमण्डलका अन्य सदस्यहरुसहितले राजपरिवारलाई भब्य स्वागत गरी हैदराबाद भवनमा स–सम्मान राखियो ।

थीरबम मल्ल र तेजबहादुर अमात्य नेतृत्वको २०० मुक्तिसेनाका जवानले सशस्त्र क्रान्तिको थालनी वीरगञ्ज आक्रमणबाट गरे । १८ डिसेम्बर १९५० मा पाँच सय जवान मुक्तिसेनाले बिराटनगरमा थोत्रो ट्याक्टरलाई टैञ्च बनाएर बडाहाकिमको निवासमा गोली बर्साउँन थाले । बडाहाकिम उत्तमबिक्रम राणाले दुई घण्टामै आत्मसमर्पण गरेकाले वीपी कोइरालाद्वारा १५ हजार दर्शकमाझ कांग्रेसको चारतारे झण्डा फहराउँदै त्यस बिजयको निम्ति मुक्ति–सेनालाई धन्यवाद दिए । परिस्थिति ज्यादै असहज भएको देखेर राणाहरु वार्तामा जान तयार भएकाले कांग्रेसले आन्दोलन स्थगित ग¥यो । १२ फरवरी १९५१ मा दिल्लीमा श्री ५ त्रिभुवन, नेपाली कांग्रेस र राणा सरकारको बीचमा त्रिपक्षीय (त्चष्उबचतष्तभ) सम्झौता भयो ।

त्यसपछि नेपाली कांग्रेसका नेताहरुसँगै राजा त्रिभुवन सपरिवार नेपाल आए । २००७ फागुन ७ गते श्री ५ त्रिभुवनले प्रजातन्त्र स्थापित भएको घोषणा गर्दै दशसदस्यीय मन्त्रीमण्डलको नाम सार्वजनिक गरे, जसमा श्री ३ बाट मोहन शम्सेर प्रधानमन्त्रीमा झरे । यसरी राजा त्रिभूवनले दरबार त्याग गरेको लगभग एक सय चार दिनमै जङ्गबहादुर राणाद्वारा स्थापित १०४ बर्षीय जहाँनिया राणाशासन सँधैको निम्ति बिदा भयो । जसले आज ६९औं बसन्त पार गर्दैछ । ‘अरुलाई दुःख दिनु, छलछाम गर्नु, ढाँट्नु क्षणिक चोइटे आगो हो, हेर्ने–ताप्नेहरु रमाउँलान््, सारो–गारोमा जोगाउँने आफ्नालाई नै बैरी बनाएपछि चाहिँ स्वतः कालको नजिक पुगिन्छ’को मर्मको चिन्तनसँगै राजा र जनताको यो त्याग र बलिदानको इतिहासलाई अध्ययन मनन गर्दै यस ‘प्रजातन्त्र दिवसलाई एकआपसको मेलमिलाप दिवस’को रुपमा हेरेर देखापरिरहेका सङ्कटहरुलाई मेटाउन सके त्यो भन्दा ठूलो उपलब्धि अरु के हुनसक्थ्यो होला र ?

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here