तेश्रो एभरेष्ट कप अन्तरविद्यालय फुटवल जारी

७ फाल्गुन २०७६, बुधबार मा प्रकाशित

बिर्तामोड ।

झापाको बिर्तामोड ६ वुट्टावारीस्थित एभरेष्ट स्मार्ट एजुकेशन एकेडेमीको आयोजनामा भइरहेको तेश्रो एभरेष्ट कप अन्तरविद्यालय फुटवल प्रतियोगितामा बुधवार वाल्मीकि एजुकेशन फाउण्डेशन, सेम्पल इङ्लिस वोर्डिङ स्कूल र एभरेष्ट भ्यू वोर्डिङ स्कूल विजयी भएका छन् ।

वाल्मीकि एजुकेशन फाउण्डेशन र कञ्चनजंघा अंग्रेजी माविवीच भएको पहिलो खेलमा शून्यका विरुद्ध २ गोल गर्दै वाल्मीकि एजुकेशन फाउण्डेशन विजयी भएको छ । प्रतियोगितामा वाल्मीकिका तर्फवाट इन्दोस लिम्वूले १ गोल र विटु लिम्वूले १ गोल गरेका थिए । प्रतियोगिताको म्यान अफ द म्याच वाल्मीकिका इन्दोस लिम्वू घोषित भए ।

त्यस्तै हिमाली एजुकेशन फाउण्डेशन र सेम्पल इङ्लिस वोर्डिङ स्कूलवीच भएको दोस्रो खेलमा शून्यका विरुद्ध ३ गोल गर्दै सेम्पल इङ्लिस वोर्डिङ स्कूल विजयी भएको छ । प्रतियोगितामा सेम्पलका प्रयास कार्कीले २ गोल गरेका थिए भने निरन आलेमगरले १ गोल गरेका थिए । प्रतियोगिताको म्यान अफ द म्याच सेम्पलका प्रयास कार्की घासित भए ।

त्यस्तै एभरेष्ट भ्यू वोर्डिङ स्कूल र गोमेन्द्र विर्तामोडल इङ्लिस स्कूलवीच भएको तेस्रो खेलमा वाकओभरको आधारमा एभरेष्ट भ्यू वोर्डिङ स्कूल विजयी भएको छ । प्रतियोगितामा गोमेन्द्र विर्तामोडल इङ्लिस स्कूल सहभागि नभएपछि वाकओभरको आधारमा एभरेष्ट भ्यू वोर्डिङ स्कूल विजयी भएको हो ।

प्रतियोगिता अन्र्तगत बिहीवारको खेल फनमिन इङ्लिस वोर्डिङ स्कूल र कञ्चन इङ्लिस वोर्डिङ स्कूल र न्यूटन्स एजुकेशन एकेडेमी र कोहेडवीच खेल हुने एभरेष्ट स्मार्ट एजुकेशन एकेडेमीका म्यानेजिङ डाइरेक्टर आशिष प्रसाईंले जानकारी दिए ।

आगामी फागुन १४ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता तथा उपविजेता विद्यालयलाई ट्रफी मेडल तथा प्रमाणपत्र प्रदान गरिने न्यूटन्स एजुकेशन एकेडेमीका निमित्त प्रिन्सिपल देवेन्द्र हुमागाँईले जानकारी दिए ।

उनले खेल अवधिभर सर्वा्िधक गोल गर्ने खेलाडीलाई ‘गोल्डेन बुट’ प्रदान गरिने बताउँदै हरेक खेलमा ‘म्यान अफ द म्याच’ को पुरस्कार प्रदान गरिने बताउँदै उनले बेष्ट डिफेन्स अफ द टुर्नामेन्ट, बेष्ट गोलकिपर अफ द टुर्नामेन्ट’, ‘बेष्ट स्ट्राइकर अफ द टुर्नामेन्ट’, ‘राइजिङ स्टार अफ द टुर्नामेन्ट’, ‘बेष्ट मिडफिल्डर अफ द टुर्नामेन्ट’, ‘बेष्ट फरवार्ड अफ द टुर्नामेन्ट’, ‘बेष्ट कोच’ तथा ‘बेष्ट म्यानेजर’ लाई समेत पुरस्कार प्रदान गरिने जानकारी दिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here