कादम्बिनीको प्रशिक्षण शुरु

७ फाल्गुन २०७६, बुधबार मा प्रकाशित

फागुन ।

झापाको विर्तामोडमा नेतृत्व विकाश र क्षमता अभिवृद्धि सम्वन्धि प्रशिक्षण शुरु भएको छ ।

कादम्बिनी प्रोग्राम प्रोडक्सन एण्ड ट्रेनिङ्ग सेन्टर प्रा लीको प्राविधिक सहयोगमा वडा अन्तर्गत रहेका टोल विकाश सस्थाका प्रतिनिधिहरुलाई प्रशिक्षण प्रदान गरिएको हो ।
तालिममा विर्तामोड नगर वार्ड न एकका ३५ वटा टोल विकास सस्थाका ६० जनाको प्रतिनिधित्व रहेको छ ।

टोल विकास सस्थाको भावी नेतृत्वलाई सवल र सक्षम वनाउदै विकासका योजनामा सामेल गराउने उद्धेश्यले यो तालिमको आयोजना गरिएको नगरपालिकाका प्रवक्ता अग्नि प्रसाद पाण्डेले वताउनुभयो ।

प्रवक्ता एवम् वार्डका अध्यक्ष पाण्डेकै अध्यक्षतामा सम्पन्न प्रशिक्षण उद्घाटन सत्रमा वार्ड सदस्यहरु प्रेम कुमार खरेल ,यमुना आचार्य लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
तालिममा संचारकर्र्मी केशव भट्टराई र वडा सचिव टिका अधिकारीले सहजीकरण गरिरहनु भएको छ ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here