गोमेन्द्र महाविद्यालयद्वारा साढे सात लाख रुपैयाँको छात्रवृत्त प्रदान: गोमेन्द्र सम्मान भट्टराईलाई

८ फाल्गुन २०७६, बिहीबार मा प्रकाशित

बिर्तामोड,

गोमेन्द्र महा विद्यालयले सात लाख ५२ हजार ५ सय रुपैयाँ आफ्ना विद्यार्थीलाई छात्रवृत्त प्रदान प्रदान गरेको छ ।
महाविद्यालयको २४ औं बार्षिकोत्सवका अबसरमा आज (विहीवार) एक कार्यक्रम गर्दै विभिन्न क्षेत्रमा उल्लेख्य योगदान पु¥याउने समाजका लब्ध प्रतिष्ठत व्यक्ति सहित विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो । महाविद्यालयमा अध्ययनरत विद्यार्थीमध्ये सर्बाेत्कृष्ठ अंक ल्याउने विद्यार्थी, गरीब, जेहन्दार तथा अनुसाशीत विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको हो ।


महाविद्यालयका अध्यक्ष गणेशप्रसाद खनालको अध्यक्षतामा भएको कार्यक्रममा गोमेन्द्र सम्मान– २०७६ बाट साहित्यकार विष्णु कुमार भट्टराईलाई सम्मान गरिएको छ । एघार हजार एक सय ११ रुपैयाँ पुरस्कार राशीको सो सम्मान बिर्तामोड नगरपालिका प्रमुख तीलचन भण्डारीले प्रदान गर्नुभयो । २०७१ सालमा महाविद्यालयमा स्थापना गरिएको उक्त पुरस्कार यस अघि विभिन्न क्षेत्रमा उत्कृष्ठ कार्यगर्ने व्यक्तिलाई प्रदान गरिदै आएको छ ।
त्यस्तै गोमेन्द्र दीर्घ सेवा सम्मान गणेशप्रसाद खनाललाई प्रदान गरिएको छ । ५ हजार ५ सय ५५ रुपैयाँ राशीको उक्त पुरस्कार प्रमुख अतिथि भण्डारीले खनाललाई प्रदान गर्नुभएको थियो ।

यता प्रेम कुमारी वोहोराबाट स्थापना गरिएको राधादेवी सुवेदी पुरस्कार यो वर्ष महाविद्यालयले सागर चौहानलाई प्रदान गरिएको छ । पुरस्कारको राशी ५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ ।
स्व. जयनारायण खनाल पुरस्कारबाट सामना लिङ्देन पुरस्कृतत भएकी छिन् । उनलाई ५ हजार ५ सय ५५ रुपैयाँ राशीको पुरस्कार प्रदान गरिएको छ । उनी वीवीएउ सन २०१५ व्याजकी विद्यार्थी हुन् ।
स्व. दाताराम शर्मा खनाल स्मृति पुरस्कार वीवीए सन २०१५ व्याजका राजकुमार अधिकारीलाई प्रदान गरिएको छ । पुरस्कारको राशी ५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ । त्यस्तै गोविन्द इन्द्र स्मृति पुरस्कार प्रिया गिरीलाई प्रदान गरिएको छ । पुरस्कारको राशी ५ हजारर ५ सय ५५ रुपैयाँ रहेको छ ।

महाविद्यालयले वीवीए अध्ययनरत विजय वुढाथोकी, कृष्णप्रसाद अर्याल, इसिका ओझा, भवनाथ चापागाई, वाादल न्यौपाने, सुजन सापकोटा, सुमन भट्टराई, राजकुमाार अधिकारी, विजय थापा मगर,, राजकुमार अधिकारी, सुजन सापकोटा, अपेक्षा क्षेष्ठ, उत्सव घले, विजेता न्यौपाने, सन्देश सिटौला, मन्जिला घिमिरे, रसना गुरुङ, सन्देश सिटौलाा, युगेश कटुवाल, अअनिता कार्की, रविना देव, सुजता कार्की,देवेश देव, सामना लिङ्देन, देवेश देव, सामना लिङ्देनलाई छात्रवृत्ति प्रदान गरिएको विद्यालयका सह प्राध्यापक सरु भुर्तेल खनालले जानकारी दिनुभयो । महाविद्यालयले अभिभावकलाई समेत सम्मान गरेको छ ।
विद्यालयकी विद्यार्थी अञ्जली ओलीले स्वगत गरेको कार्यक्रममा सास्कृतिक कार्यक्रमकोा सममेत आयोजना गरिएको थियो । सो समारोहमा साहित्यकार केशव आचार्य, एक्सल डेभलपमेन्ट बिर्तामोडका दिनेश पोखरेल, प्रेम प्रसाद सिटौला लगायतले बोलेका थिए ।
महाविद्यालयको शैक्षिक गतिविधिका विषयमा प्राध्यापक डा रुपक खनालले प्रकाश पारेको कार्यक्रमको सञ्चालन महाविद्यालयका शिक्षक शेखर पाण्डेले गरेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here