स्वस्तिका शिशु सदनको ३४औं वार्षिकोत्सव सम्पन्न

0
725

अर्जुनधारा।

झापाको अर्जुनधारा–८स्थित स्वस्तिका शिशु सदन अङग्रेजी माध्यमिक विद्यालयको ३४औं वार्षिकोत्सव बिहीबार सम्पन्न भएको छ ।

विद्यालयका प्रबन्ध निर्देशक वसन्तकुमार श्रेष्ठको अध्यक्षता र नगर प्रमुख हरिकुमार रानाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा स्वागत प्रधानाध्यापक ओमप्रकाश ओझाले गरेका थिए ।

विद्यार्थीहरुकोतर्फबाट छात्रा गरिमा तिम्सिनाले स्वागत गरेको कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मानित गरिएको थियो । यसरी सम्मानित हुनेहरुमा पूर्व विद्यार्थीतर्फ निर्माण व्यवसायी विजय सेन्दाङ, एसईई २०७५का उत्कृष्ट छात्र विवेक अधिकारी र छात्रा बन्दना न्यौपाने, वर्ष उत्कृष्ट अभिभावक माया पौड्याल र ज्येष्ठ अभिभावक देउमाया नेपाल रहेका छन् ।

विद्यालयको वर्तमान गतिविधि र भावी रणनीतिसहितको प्रतिवेदन प्रधानाध्यापक ओझाले प्रस्तुत गरेको कार्यक्रममा अर्जुनधारा–८ वडा समितिका अध्यक्ष गोपीचन्द्र गौतम, नगर प्याब्सनका अध्यक्ष रुद्रप्रसाद सिटौला, सीपीएफ नेपालका प्रशिक्षक विनोद कार्की, अभिभावक संघका अध्यक्ष दिपीन राईलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

विद्यालय अन्र्तगत रहेका राष्ट्रिय सेवा दलले मार्च पास प्रदर्शन गरेको कार्यक्रममा विद्यार्थीहरुले गीत, नृत्य, कविता, रायम्स, फेसन शो, समाचार, तोङ इल मोदोलगायत प्रस्तुत गरेका थिए । औपचारिक कार्यक्रमको सञ्चालन शिक्षक सीपी सुवेदीले र सांस्कृतिक कार्यक्रमको सञ्चालन छात्राद्धय गरिमा तिम्सिना र स्मारिका राना मगरले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here