“ज्ञानी संग हाम्रा नानी” कार्यक्रमको सुभारम्भ

८ फाल्गुन २०७६, बिहीबार मा प्रकाशित

दुहागढी ।

झापा दुहागढी स्थित बाल सुवोधिनि आधारभुत विद्यालयमा “ज्ञानी संग हाम्रा नानी” कार्यक्रमको सुभारम्भ गरिएको छ ।

बिहिवार विद्यालयमा आयोजित एक कार्यक्रमका विच अग्रज पत्रकार एवं स्रष्टा चन्द्र भण्डारीले सो कार्यक्रमको सुभारम्भ गरेका थिए । कार्यक्रममा आफ्ना जिवन भोगाइका अनुभवहरु सुनाउदै भण्डारीले विद्यार्थीहरुलाई अनुशासित भई कितावी ज्ञानको अलवा बाहिरि ज्ञानमा समेत अब्बल हुनुपर्नेमा जोड दिएका थिए ।

विद्यालयले हरेक महिना समाजका प्रतिष्ठित व्यक्तिहरुलाई विद्यार्थीहरुसँग साक्षात्कार गराई उनिहरुका अनुभव हरु सुनाउदै उत्प्रेरणा जगाउने उद्देश्यका साथ यस्तो कार्यक्रम सुभारम्भ गरिएको विद्यालयका प्रधानाध्यापक विश्व थापाले बताएका छन् ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल सुब्बाको सभापतित्वमा सम्पन्न कार्यक्रममा मेचीनगर नगरपालिका वडा नं. १४ का वडा अध्यक्ष शंकर प्रसाद पोखरेलले कार्यक्रम प्रभावकारी भएको धारणा राखेका थिए ।

प्रतिकृया व्यक्त गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here