बिर्तामोड ।
अर्जुनधारा–५ लक्ष्मीपुरस्थित होलीवेजिल एजुकेशन फाउण्डेशनको रजत महोत्सवको अवसरमा पूर्वाञ्चलकर्मीसहित १३ जनालाई सम्मान गरिएको छ ।
२०५२ सालमा स्थापना भएको सो विद्यालयको स्थापनाकालदेखि शैक्षिक उन्नयनमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै पूर्वाञ्चल दैनिकका उपसम्पादक तथा पूर्व शिक्षक तुलसीप्रसाद निरौला र लक्ष्मीपुर संवाददाता पूर्णबहादुर कटुवाललाई सम्मान गरिएको हो ।
सोही कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु नेत्रबहादुर नेपाल, सूर्य रिमाल, देवराज निरौला, संस्थापक शिक्षकहरु कल्पना खड्का, युवराज खड्का, मदनबाबु भण्डारी, रमेश मुर्मू, लामो समयदेखि शिक्षण गर्ने कमला पाण्डे, विष्णु कटुवाल, कोपिला थापा र देवराज तिम्सिनालाई समेत सम्मान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीतबहादुर चौहानको अध्यक्षता तथा प्याब्सन झापाका अध्यक्ष एलपी उप्रेतीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा संस्थापक प्रिन्सिपल हरि खड्काले विद्यालयका विविध गतिविधि माथि प्रकाश पारेका थिए ।
कार्यक्रममा विद्यालयका संस्थापक जमुना खड्का, भानु माविका प्रधानाध्यापक रुपक दाहाल, हिमाली माविका प्रधानाध्यापक केशव ओझा, नवोदय अंग्रेजी स्कूलका प्रिन्सिपल धर्मराज माझी, कनकाई नपा वडा नं. ८ का वडाध्यक्ष प्रेमबहादुर कटुवाल, समाजसेवी गोपाल कटुवाल, लीलाबहादुर कटुवाल, बलबहादुर खड्का, गणेश खड्का, भानु मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष युवराज खड्का, शिक्षक अभिभावक संघका अध्यक्ष तारा कार्की, समाजसेवी प्राविका अध्यक्ष गणेश कार्की, लक्ष्मीपुर बजार व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर बस्नेत, बागेडाँगी सहकारीका अध्यक्ष उमानाथ लम्साल, पाण्डव सहकारीका अध्यक्ष पुष्प घले, हेमराज चापागार्इं, खिलराज कार्की, धनबहादुर खड्का, भानु माविका संस्थापक सुभाष खड्का, समाजसेवी गणेश कार्की, डम्बर थापा लगायतको आतिथ्य रहेको थियो ।
कार्यक्रममा विद्यालयका विद्यार्थीहरुले विविध सांस्कृति कार्यक्रम तथा नृत्य प्रस्तुत गरेका थिए । विद्यालयको खेलकुद लगायतका कार्यक्रममा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । विद्यालयका कार्यक्रम शिक्षक तथा कार्यक्रम संयोजक प्रजिल खड्काले संयोजन गरेको कार्यक्रमको सञ्चालन शिक्षक सविना कार्की र विद्यार्थीहरु योग्यता भण्डारी, सेविका गिरी, विविशा ढुंगाना र मेघा लिम्बूले गरेका थिए ।





























