आर्दश विद्या मन्दिरमा १२ औं राष्ट्रपति रनिङ् प्रतियोगिता

0
561

बिर्तामोड ।

कनकाई नगरपालिकास्तरीय १२ औं राष्ट्रपति रनिङ् शील्ड प्रतियोगिता कनकाई ९ घैलाडुब्बास्थित आर्दश विद्या मन्दिरमा माध्यमिक विद्यालयमा सम्पन्न भएको छ ।

कनकाई नगरपालिका नगर खेलकुद समितिको आयोजनामा भएको प्रतियोगितामा कनकाई नगरपालिकामा रहेका छ वटा सामुदायिक मावि तथा १२ वटा संस्थागत मावि गरी १८ वटा विद्यालयहरुको सहभागिता रहेको राष्ट्रपति रनिङ् शील्ड प्रतियोगिता सञ्चालक समितिका संयोजक तथा आर्दश विद्या मन्दिरमा माध्यमिक विद्यालयका प्रधानाध्यापक धर्मानन्द निरौलाले जानकारी दिए ।

राष्ट्रपति रनिङ् शील्ड प्रतियोगिता सञ्चालन समितिको व्यवस्थापनमा आर्दश विद्या मन्दिरमा माध्यमिक विद्यालय घैलाडुब्बाको खेल मैदानमा भएको प्रतियोगितामा एथलेटिक्स , भलिवल , कवड्डी , कराँतेका खेलहरुमा प्रतिष्पर्धा भएको उनले जानकारी दिए ।

प्रतियोगितामा कनकाई माध्यमिक विद्यालय सुरुङ्गा १० स्वर्ण र १० रजत पदकसहित प्रथम , आर्दश विद्या मन्दिरमा माध्यमिक विद्यालय घैलाडुब्बा १० स्वर्ण र ८ रजत पदकसहित द्वितिय र भृकुटी माध्यमिक विद्यालय दुर्गापूर ९ स्वर्ण पदकसहित तृतिय भएको उनले बताए ।

प्रतियोगिताका विजयी खेलाडीहरुलाई कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले पुरस्कार प्रदान गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here