सामाजिक जागरणको ‘खोज र थाहा’

0
692

भुवन तामाङ,

समाजमा सामाजिक जागरण ल्याउने एउटा किताब यसैसाल २०७६ मा पाठक समक्ष आएको छ । दमक नगरपालिका वडा नं. ५ झापाको ‘जनजागरण सामाजिक अभियान (नेपाल)’ संस्थाले ‘खोज र थाहा (भाग १)’ नामक वौद्धिक खुराकले भरिपूर्ण विचारात्मक पुस्तक प्रकाशन गरी पाठक समक्ष पस्केको छ ।

महान शहिदहरु प्रति र देश–विदेशमा रहेका समस्त नेपालीहरुमा समर्पित गरिएको यो पुस्तकमा प्रकाशकको तर्पmबाट यस्तो लेखिएको छ ः ‘हामी यस पुस्तकको शुरुवात नयाँ वर्ष २०७६ सालको नयाँ नेपालका जनतालाई सुख र समृद्धिको शुभकामना व्यक्त गर्दै नेपाली जनताले नै नयाँ नेपाल, सुखी र समृद्धिको बाटो खोजी गर्ने र सरकारले आजकाल जतासुकै भन्ने गरेको नयाँ नेपाल र सुखी समृद्ध नेपालीको नारा कति सान्दर्भिक छ कति जायज छ ? त्यसको मूल्यांकन गर्ने र तीन करोड नेपाली जनता त्यसको लागि जागरुक छन् कि छैनन् ? सरकार साँच्चै नयाँ नेपाल बनाएर सुख र समृद्धि दिन चाहन्छ या नेपाली जनतालाई फेरि उल्लु बनाएर भ्रम, सपना र आश्वासन मात्र बाँड्न खोज्दैछ ? यो पुस्तक पढेर थाहा पाउनुहोला ।’

विभिन्न चरण अर्थात् शासन व्यवस्था पार गर्दै जनआन्दोलनको बलमा तिनलाई फाल्दै वर्तमानमा नेपालीहरु संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामा आइपुगेका छन् । असंख्य विभूति, शहिद, वीर वीरङ्गनाले निर्माण गरेका र प्रचुर प्राकृतिक, कला, सांस्कृतिक सम्पदा भएका अनि कहिल्यै पराधिन नभएको हाम्रो देशका जनताहरु आज गरिबी र बेथितिको भुँवरीमा रुमल्लिरहेका छन् । देशका शासकहरु नैतिकहीन र भ्रष्ट भएका छन् । बाहुबलको सहारामा लुट मच्चाइरहेका छन् । ‘रोम जलिरहेछ सम्राट नेरो बाँसुरी बजाइरहेछन्’ भन्ने उक्ति नेपालमै चरितार्थ भएको देख्दा नेपालीहरुको मन कटक्क भएको छ । देशका नौजवान रोजगारीको खोजिमा बालुवाको देशमा चर्को घामको रापमा सेकिइरहेका छन् ।

गाउँ–गाउँमा सिंहदरबार आए पनि स्थानीय जनताले होइनन्, जनप्रतिनिधिहरुले चाहिँ आर्थिक अनियमिता गरी दरवार ठड्याइरहेका छन् । चिल्ला महँगा गाडीमा सयर गरिरहेका छन् । बैंक ब्यालेन्स् मोटो पारिरहेका छन् । बिलाशी जीवन जिइरहेका छन् र पिर्के सलामी लिइरहेका छन् । जनताले तिरेका कर मुीभर नेताहरु र तिनबाट संरक्षित ठेकेदारहरुको हातमा पुगेको छ । खर्बाैँ रुपैयाँ बेरुजु उठेको छ । भ्रष्टाचार मुद्दाबाट ठूला र पहुँवाला भ्रष्टलाई जोगाइएको छ । गाउँका जनताहरु आर्थिक विपन्नतामा जीवनलाई कष्टका साथ घिसारिरहेका छन् । यी र यस्तै बेथितिविरुद्ध जनजागरणका लागि यो पुस्तक प्रकाशन गरिएको पाइन्छ ।

यस पुस्तकमा देशको थुप्रै समसामयिक विषयमा प्रश्न गरिएको छः के हाम्रो देश साँच्चै कृषि प्रधान देश हो ? कृषिलाई कसरी परिवर्तन गर्न सकिन्छ ? के छ प्रधानमन्त्रीको क्षेत्र र जनताको हालखबर ? किन जान्छन् नेता र उनका परिवार विदेश उपचार गर्न ? विदेश गएका युवाहरुलाई कसरी स्वदेशमा मालिक बनाउने ? के साँच्चै हाम्रो देश नयाँ नेपाल बन्दैछ ? कहिले आउँछ सुख र सम्बृद्धि ? नेताहरु जनताले तिरेका कर किन बर्बाद गरिरहेका छन् ? किसानका घरमा साइकल समेत छैन नेताहरको घरमा कार ? देशको प्राकृतिक सम्पदा कहाँ पुग्यो ? नेपालमा साँच्चै रेल र पानीजहाज कुद्ला र त्यसले विकासमा साँच्चै टेवा पु¥याउला ? लगायत विषयमा प्रश्न गरिनुका साथै बौद्धिक चिन्तन र मन्थन समेत गरिएका छन् । जसले पाठकवर्गमा गहन रुपमा बौद्धिक चेतना भर्दछ ।

कृष्ण मुर्ति (प्रवासं) र ‘किसान’ के पीडितद्वारा लिखित तथा यसै साल २०७६ मा प्रकाशित प्रस्तुत पुस्तकमा ज्ञानगुनका खुराकहरु पनि समेटिएका छन् । जस्तै, जडिबुटी औषधी कसरी चिन्ने ? थुप्रै किसिमका रोगका लागि कुन जडिबुटी प्रयोग गर्ने र कस्तो उपचार विधि अपनाउने ? तिनका मात्रा र लाभ आदि बारे सर्वसाधारणले बुझिने भाषामा बताइएको छ । पुस्तकमा नेपालमा आयात र नेपालबाट निर्यात गरिएका कृषि उत्पादनबारे तथ्यांक समेत पुस्तकमा उल्लेख गरिएको छ । तर, पुस्तकको अधिकांश भाग बौद्धिक चिन्तन र मन्थनमा केन्द्रीत रहेको छ । जसको अध्ययनबाट पाठकवर्गले देशको विगत, वर्तमान र भबिष्यबारे जानकारी पाउँनेछन् । साथै बौद्धिक धारणा विकास गर्न, समाजलाई नैतिवान र आचरणयुक्त बनाउन मार्गदर्शन गर्दछ । विशेषतः यो पुस्तक जनप्रतिनिधिहरुका लागि ज्यादै उपयोगी रहेको पाइन्छ । पुस्तक अध्ययनबाट देशको नीति निर्माण गर्न, शुसासन कायम गर्न, जनतालाई राहत दिन र देशको चौतर्फी विकास गर्न चाहिने चेतना र मार्गदर्शन यस पुस्तकमा पाइन्छन् ।

उस्तै गरी शिक्षक, विद्यार्थी वर्गका लागि समेत यो पुस्तक उपयोगी छ । पुस्तक अध्ययनबाट विद्यार्थीहरुलाई थप कस्तो शिक्षा दिनुपर्ला भन्ने प्रेरणा शिक्षकहरुका लागि मिल्ने देखिन्छ । माथिल्ला कक्षाका र कलेज तहका विद्यार्थीहरुले समेत यो पुस्तक अध्ययन गरेमा एउटा नयाँ चेतना पाउने देखिन्छ । चिटिक्क बान्कीको यस पुस्तक सबैले एकपटक अबश्य पढौँ । यस पुस्तकका प्रकाशक संस्था जनजागरण सामाजिक अभियान (नेपाल) दमकले बौद्धिक खुराकले भरिएको भाग २ पनि चाँडै प्रकाशन गर्न सकोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here