लाङटाङ राष्ट्रिय निकुञ्जले ‘महाहन्ट अप्रेशन’ सुरु

0
1109

रसुवा ।

लाङटाङ राष्ट्रिय निकुञ्जले ‘महाहन्ट अप्रेशन’ सुरु गरेको छ । हिउँदको समयमा वन्यजन्तु तथा वनस्पतिको चोरी शिकारी बढी हुने भएकाले आगामी चार महिनासम्म निकुञ्ज क्षेत्रमा अप्रेशन शुरु गरिएको हो ।

दुर्लभ वन्यजन्तु र वनस्पति संरक्षण गर्न अप्रेशन शुरु गरिएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाले बताइन । रसुवा, नुवाकोट र सिन्धुपाल्चोकसम्म फैलिएको निकुञ्जभित्र विशेष सुरक्षा फौजले निकुञ्जका कर्मचारी, सरोकारवाला निकायसँग समन्वय गरी विशेष सुरक्षा गर्नेछ ।

अभियानका क्रममा उच्च भुभागमा घुम्ती गस्ती, स्वीपिङ तथा क्यापिङ अप्रेसन, एम्बुस, आकस्मिक खानतलासीलगायतका कार्य गर्ने बताइएको छ । निकुञ्जमा विश्वमै दुर्लभ वन्यजन्तु हिउँ चितुवा,रेडपाण्डा र कस्तुरी मृगलगायत वन्यजन्तु पाइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here