सूर्यज्योती तेक्वान्दो डोजाङद्धारा १०६ जना खेलाडीको ग्रेडिङ

0
701

अर्जुनधारा ।

झापाको अर्जुनधारा–४स्थित सूर्यज्योती अङग्रेजी आवासिय विद्यालय अन्र्तगत रहेको सूर्यज्योती तेक्वान्दो डोजाङको आयोजनामा खेलाडीहरुको ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा आयोजक सूर्यज्योतीसँगै नवदुर्गा तेक्वान्दो डोजाङ, शनिश्चरे तेक्वान्दो डोजाङ, सिस्नेशान्ति तेक्वान्दो डोजाङ र जयपुर तेक्वान्दो डोजाङका १०५ जना खेलाडीको सहभागिता रहेको सूर्यज्योती तेक्वान्दो डोजाङका प्रमुख प्रशिक्षक दिपेन्द्र दनुवारले बताए ।

परीक्षकहरु झापा जिल्ला तेक्वान्दो संघका अध्यक्ष प्रदीपकुमार श्रेष्ठ, सचिव कुमार भट्टराई र कोषाध्यक्ष हरि भूजेलले वाइट बेल्टदेखि रेड बेल्टसम्मका लागि ग्रेडिङ गराएका थिए ।

त्यसैगरी ग्रेडिङका लागि चारघरे तेक्वान्दो डोजाङका प्रमुख प्रशिक्षक लक्ष्मी राजवंशी, जयपुर तेक्वान्दो डोजाङका प्रमुख प्रशिक्षक चन्द्रप्रसाद गौतम र सिस्नेशान्ति तेक्वान्दो डोजाङका प्रमुख प्रशिक्षक आशिष लुंगेलीलगायतले समन्वय गरेका थिए ।

त्यस्तै विद्यालय अन्र्तगत रहेको डोजाङका उत्कृष्ट खेलाडीहरुलाई विद्यालयले विशेष सहुलियतमा अध्धयनमा सहयोग पु¥याउँदै आएको प्रधानाध्यापक गणेश बुढाथोकीले जानकारी दिए । गत शैक्षिक वर्षमा तीन जना खेलाडी सो सहुलियतमा अध्धयनरत् रहेको प्रधानाध्यापक बुढाथोकीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here