राष्ट्रिय रमणीय आदर्श मावि भजन र नृत्यमा च्याम्पियन

1
453

शिवसताक्षी ।

वैदिक सनातनीहरुको महान् चाड महाशिवरात्रि झापाको शिवसताक्षीमा प्रतियोगितात्मक भजन तथा भजनमा नृत्य आयोजना गरी मनाइएको छ ।

स्थानीय वडा नम्बर ११ को दुधेमा शिवपाञ्चायतन मन्दिर बिकास समितिले नृत्य र भजन गायन प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा दुधेको राष्ट्रिय रमणीय आदर्श माध्यमिक विद्यालयका छात्र छात्राले प्रस्तुत गरेको नृत्य र भजन दुवै विधामा च्याम्पियन बन्यो ।

शिवसताक्षी नगरमा दुधेको सो विद्यालय पठन पाठनका अलवा अन्य विधामा अव्बल मानिन्छ । दुवै विधामा च्याम्पीयन बने पछी सो विद्यालयले २३ हजार नगदै पुरस्कार पाएको छ । प्रतियोगितामा १२ भजन मण्डली ले सहभागीता जनाएका थिए ।

नृत्य तर्फ आयोजक शिवपाञ्चायतन मन्दिर विकास समितिकी गे्रेसी काफ्ले दोश्रो भईन । यस्तै आँपटारी कीर्तन मण्डली तृतीय र सरस्वती कीर्तन मण्डलीले सान्त्वना पुरस्कार पाएको थियो । नृत्य प्रतियोगितामा प्रथमले ११ हजार, द्धितीयले ७ हजार, तृतीयले ५ हजार र सान्त्वना हुनेले २ हजार राशिको नगदै पुरस्कार पाएका थिए ।

यस्तै गायन तर्फ राष्ट्रिय रमणीय आदर्श मावि दुधेका छात्र छात्राको स्मृती थापा मगरको टोली प्रथम, भीमवहादुर वस्नेत नेतृत्वको धार्मीक एकता कीर्तन मण्डली दोश्रो, सरस्वती कीर्तन मण्डली तेश्रो र सृजनशिल कीर्तन मण्डली ले सान्त्वना पुरस्कार पाएका थिए ।

भजन गायनका प्रथमहुनेले १२ हजार,दोश्रोले ७ हजार, तेश्रोले ५ हजार र सान्त्वना हुनेले १ हजार पाएका थिए । भजन प्रतियोगिताको निर्णायक भुमिका गित संगित विद्याका शिक्षक धुव्र पाठक र तुलसा लम्सालले गरेका थिए भने नृत्य विधाका लागि शिव चौधरी निर्णायक तहमा थिए ।

विजेताले पाएको पुरस्कार शिवसताक्षी नगरपालिका ११ स्थित राष्ट्रिय रमणीय आदर्श माविका पूर्वविद्यार्थी सहदेव चौहानले प्रायोजन गरेको मञ्चका अध्यक्ष असोक वस्नेतले बताए । धार्मीक एकता कायमका लागि यस्ता प्रतियोगिता समाजमा आवस्यक रहेको चौहानले बताएका छन । दुधे घर भएका चौहान अफगानिस्तानी सेनामा कार्यरत छन ।

भजन तथा नृत्य कार्यक्रमका संयोजक दुर्गा भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा गोलोक गोवद्र्धन गौसालका प्राचार्य मदनमोहन अधिकारीले शिवरात्रिको महिमाका वारेमा दर्साएका थिए । भूतपस्वी वृन्दा वरालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पिताम्वर अधिकारीले स्वागत र सचिव गोविन्द काफ्लेले संचालन गरेका थिए । सतासीधाम अध्ययन केन्द्रको सामुदायीक भवनमा प्रतियोगिता भएको थियो ।

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here