विर्तामोडमा ८४ औं त्रिमुर्ति शिव जयन्ती

0
595

बिर्तामोड ।

ब्रह्माकुमारी राजयोग सेवाकेन्द्र विर्तामोडको आयोजनामा विर्तामोडमा ८४ औं त्रिमुर्ति शिव जयन्ती मनाइएको छ । महाशिवरात्रीको अवसर पारेर आयोजित कार्यक्रममा शान्ति पदयात्रा गरिएको थियो ।

ब्रह्माकुमारी राजयोग सेवाकेन्द्र विर्तामोडमा झण्डोत्तोलन गरेर विभिन्न झाँकीसहित निस्किएको शान्ति पदयात्रा विर्तामोड नगर परिक्रमा गरी वनस्टप मलमा पुगेर कार्यक्रममा परिणत भएको थियो । झण्डोत्तोलनको शुभारम्भ विर्तामोड नगरपालिकाका उपप्रमुख पवित्रा महतारा प्रसाईंले गरेकी थिइन् ।

ब्रह्माकुमारी राजयोग सेवाकेन्द्र विर्तामोडकी सञ्चालिका ब्रह्माकुमारी पूर्णिमा दिदीको अध्यक्षता तथा विर्तामोड नगरपालिकाका प्रमुख धु्रवकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा परमपिता परमात्मा शिववावा प्रजापिता ब्रह्माद्वारा मानवलाई दिएको सन्देश वाचन गरिएको थियो । त्यस्तै परमपिता परमात्मा शिववावा प्रजापिता ब्रह्मा सम्वन्धी झाँकी , गीत , नृत्य लगायत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा ब्रह्माकुमारी राजयोग सेवाकेन्द्र विर्तामोडकी सञ्चालिका ब्रह्माकुमारी पूर्णिमा दिदीले महाशिवरात्रीको महत्वका वारेमा प्रकाश पारेकी थिइन् । उनले वर्तमान समय कलियुगी सृष्टी तमोगुणी भइसकेको जसले गर्दा चारैतिर अन्याय, अत्याचार , भ्रष्टाचार र नैतिक पतनले सीमा नाघिसकेको बताइन् । मानवभित्र काम,क्रोध ,लोभ ,मोह र अहंकार जस्ता मनोविकारहरुले मन मस्तिस्कमा छाइसकेकोले वाहिर उज्यालो भएपनि भित्र अँध्यारो अवस्थामा प्रतिबिम्बित भएको उनले बताइन् ।

यसै समयमा परमपिता परमात्मा शिववावा प्रजापिता ब्रह्माले यस सृष्टिको मानवीय तनमा अवतरण भएर मानवभित्रको अँध्यारो पर्दालाई सत्य ज्ञानको प्रकाशले हटाउने भएकाले यसलाई शिवरात्री भनिएको उनले बताइन् । कार्यक्रमको सञ्चालन ब्रह्माकुमारी हरिता नेपालले गरेकी थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here