बिर्तामोडमा जेसीजको झण्डोत्तोलन

0
622

बिर्तामोड ।

वीरता जेसीजले एक कार्यक्रमका वीच राष्ट्रिय झण्डा र जेसीजको झण्डा झण्डोत्तोलन गरेको छ ।

वीरता जेसीजका अध्यक्ष मिजाश पोखरेलको अध्यक्षता तथा वीरता जेसीजका पूर्व अध्यक्ष युवराज दाहालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा वीरता जेसीजको विर्तामोड १ मा रहेको सचिवालयमा राष्ट्रिय झण्डा र जेसीजको झण्डा झण्डोत्तोलन गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि दाहालले वीरता जेसीजमा आवद्ध युवाले राष्ट्रिय झण्डा र जेसीजको झण्डा झण्डोत्तोलन गरेर देश र जेसीजप्रति सम्मान गरेको वताए ।

सोही कार्यक्रममा वीरता जेसीजका वर्ष २०१९ का अध्यक्ष विशाल थापाले वर्ष २०२० का अध्यक्ष मिजाश पोखरेललाई माइन्युट हस्तान्तरण गरेका थिए । कार्यक्रम संयोजक प्रविन खड्काले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव विकास वस्नेतले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here